समाचार

बागलुङमा उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

बलेवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । “स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भए पनि विज्ञ… पुरा पढौ

बागलुङमा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि

गलकोट । जिल्लामा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा बागलुङको सङ्घीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो । आव २०७९/८० सङ्घीय कार्यालयअन्तर्गतको पुँजीगत खर्च ७१.९४ प्रतिशत रहेकामा गत आवमा पुँजीगत खर्च बढेर ७९.७६ प्रतिशत भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पुँजीगत बजेट आव २०७९र८० मा रु दुई अर्ब ३३ करोड ८३ लाख २६ हजार छ सय ५० विनियेजना भएकोमध्ये रु… पुरा पढौ

बेनिघाट-आरुघाट सडक अवरुद्ध

गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात… पुरा पढौ

विपद्जन्य घटनामा देशभर एक सय २४ को मृत्यु, गण्डकीमा २९ जनाको ज्यान गुम्यो

साउन २ काठमाण्डौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ । बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी… पुरा पढौ

गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

साउन २ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी… पुरा पढौ

पोखराको दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात

पोखरा । पोखराको नयाँबजारस्थित दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल सरकार बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौला लगायतको उपस्थितिमा शुरु गरिएको हो । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा सुविधा लागू भएका अस्पतालहरुमा बीमा बोर्डले प्रदान गर्ने रकम भुक्तानीमा ढिलाई हुने गरेको गुनासो पटक पटक आउने गरेकाले भुक्तानीमा ढिलासुस्ती नगर्न बीमा बोर्डसँग आग्रह गरे ।… पुरा पढौ

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बिच सामञ्जस्य खोजेर काम गरिने बताएकी छन् । प्रनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले निःशूल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि एक महिनाभित्र खाका तयार गर्ने बताइन् । नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । विद्यालय शिक्षा विधेयक गत भदौ २७… पुरा पढौ

गण्डकी विश्वविद्यालयले गर्‍यो ‘एमआइटी एआई’ विषय सार्वजनिक

पोखरा । गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको आवश्यक्ता… पुरा पढौ

‘दिलसरा’ले मगर संस्कृति सिकाउन झ्याउरे गीत नृत्य प्रतियोगिता गर्ने

साउन २ पोखरा । मगर संस्कृतिमा आधारित आदिवासी चलचित्र ‘दिलसरा’ ले झ्याउरे गीत नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ । चलचित्रमा समावेश गरिएको झ्याउरे गीत ‘लै माया’ मा प्रतियोगिता आयोजना गर्न लागिएको चलचित्र टिमले जानाएको छ । मगर संस्कृतिको विषयमा नयाँ पुस्तालाई जानकारी प्रदान गर्ने, संस्कार जोगाउन प्रोत्साहन गर्ने उद्देश्यले झ्याउरे नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको कथाकार तथा निर्माता जुना थापाले बताइन् । प्रतियोगिता फेसबुक ग्रुप ‘मगर संसार फोटो ग्यालरी’ पेजमा यही साउन १२ गतेबाट हुने र ग्रुपमा आबद्ध सदस्यले… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लव पोखराद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

पोखरा । युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले… पुरा पढौ