समाचार

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

साउन ३ काठमाण्डौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताएका छन् । आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताए । “पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता बडालले भने, “मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।” उनले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव… पुरा पढौ

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् ।… पुरा पढौ

गण्डकीको आयोजना अवधारणा पत्र सार्वजनिक

पोखरा । गण्डकी प्रदेशको आयोजना अवधारणा पत्र सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आयोजना अवधारणा पत्र विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेका हुन् । अवधारणा पत्रमा गण्डकी प्रदेशका आयोजना बैंक प्रस्ताव गरिएको छ । जहाँ गण्डकीका ठूला आयोजनाहरु राखिएका छन् । जसका लागि लगानीको आंकलन, श्रोत, सम्भाव्यताबारे विस्तृत रुपमा प्रस्तुत गरिएको छ । आयोजना अवधारणा पत्र प्रस्तुत गर्दै योजना तथा पूर्वाधार विज्ञ समूहका टिम लिडर मनिराम सिंह महतले आयोजनाको सम्भाव्यतासँगै लगानीको आंकलन… पुरा पढौ

विद्यालयमा स्वास्थ्य शिक्षा पढाउँदै पर्वतका स्वास्थ्यकर्मी

पर्वत । जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र उपचार पद्धतिबारे जानकारी दिन विद्यालयमा पुगेर अध्यापन थालेका हुन् । विद्यार्थीमार्फत समाजमा सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना फैलाउनका लागि अनिवार्य रुपमा महिनाको एक दिन अध्यापन गराउनुपर्ने नीति लिएसँगै स्वास्थ्यकर्मी विद्यालय पुग्न थालेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा भए पनि कार्यान्वयन हुन नसकिरहेको… पुरा पढौ

नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४… पुरा पढौ

पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् । प्रदेश सरकारको रु १३ लाख, गाउँपालिका र युएनडिपीको रु १२÷१२ लाख बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए । पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई… पुरा पढौ

मनाङका विकासका आयोजनाः म्याद सकियो, काम सकिएन

मनाङ । स्थानीयलाई सहज रुपमा स्वास्थ्य उपचारको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण भइरहेको अस्पताल भवन पूरा हुन सकेको छैन । स्वास्थ्य चौकीभन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनामा सेवा प्रवाह हुँदै आएको अस्पताललाई १५ शय्यामा स्तरोन्नतिको काम पूरा हुन नसकेको हो । जीर्ण भौतिक पूर्वाधार भएको भवनबाट जिल्लावासीलाई प्रभावकारी सेवा पु¥याउन सकिएको छैन । यस अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रदेश सरकारले चार वर्ष अघिदेखि अस्पताल निर्माणको काम भइरहेको छ ।… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । त्यस्तै, बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा… पुरा पढौ

गण्डकी प्रदेशस्सरकार पुनः गठनमा सहमति खोजिँदै

गण्डकी । प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन । कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भएको भनिए पनि प्रदेशमा सत्ता साझेदारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुवै दलले कुराकानी गरेका छैनन् । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नयाँ सरकार गठनबारे कांग्रेससँग अब छलफल सुरु गरिने जानकारी दिए । “पार्टी… पुरा पढौ

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

गलकोट । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ । आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी… पुरा पढौ