समाचार

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिए । “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।” पहिराले अस्पतालमा क्षति, सेवा बन्द तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल… पुरा पढौ

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडौँ । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । “ आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने… पुरा पढौ

कास्कीमा ३ ठाउँमा पहिरोले घर पुरिँदा ११ को मृत्यु

सन्देश श्रेष्ठपोखरा, असर २८ पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।अविरल बर्षापछि आएको पहिरोले पोखराको ३ ठाउँमा घर पुरिँदा ११जनाको ज्यान गएको हो । घटनामा १बेपत्ता छन् भनेव२ घाइते भएको कास्की प्रहरीले जनाएको छ ।पोखरा-१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ६ जना सहित ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछी आएको बाढीले टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवारका ६ जनासहित ७ जनाको ज्यान गएको हो । पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी… पुरा पढौ

पोखरा–३२ मा पहिरोले घर पुरिँदा ३ को मृत्यु, मादीमा १ को मृत्यु

सन्देश श्रेष्ठ पोखरा, असार २८ पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि गएराती आएको पहिरोले आरती ओझाको घर पुरिँदा उनकी १८ वर्षीया छोरी अनिता ओझा, अर्की ११ वर्षीया छोरी अनुष्का ओझा र आरतिकी दाईकी छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको हो । पहिरोले पुरिएर घरमूली आरती ओझा पनि घाइते भएकी कास्की प्रहरीले जनाएको छ । उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै मादी… पुरा पढौ

पोखरा १९ तल्लाकोटमा पहिरोले घर बगाउँदा ७ को मृत्यू

सन्देश श्रेष्ठपोखरा, असार २८ पोखरा-१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछि आएको बाढीले टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवार ७ जनाको ज्यान गएको हो । पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार । आमा ८५ वर्षीया लक्षीमा परियारको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय कास्कीलाई जनाएको छ । त्यस्तै पहिरोले परियारकी छोरी १५ वर्षीया प्रश्ना परियार, चितवन घर भई माइती आएकी अर्की छोरी २० वर्षीया प्रभा… पुरा पढौ

भुक्तानी लिन बाँकी ६० अर्ब अविलम्ब व्यवस्था गर्न निर्माण व्यवसायीको माग

असार २७ काठमाण्डौं । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट रु ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौैं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताए । “बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी… पुरा पढौ

दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

असार २७ काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा आज भएको १०औँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बसेको बैठकमा उक्त प्रस्ताव गरिएको हो । सदस्य–सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा समावेश भएका ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरे । राखेपले १०औँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर २ देखि ९… पुरा पढौ

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तेक्वान्दो संघको ब्याज बितरण

असार २७ पोखरा । नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा ब्याज वितरण गरेको छ । कार्यक्रमको गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य मिना गुरुङले उद्घाटन गर्दै सेवाका भावले खोलिएका जुन सुकै सामाजिक संघ संस्थाहरुले राष्ट्रका लागि काम गर्नु पर्ने बताइन् । उनले खेल र स्वास्थ्य एक आर्काको परिपुरक भएको भन्दै मानिसलाई निरोगी बनाउने एक मात्रै उपाय खेल भएको उल्लेख गरेकी थिईन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलले विभिन्न… पुरा पढौ

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र तत्काल नचाहिने

पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको हो । प्राकृतिक विपतका कारण परिचयपत्र बनाउन असहज भएको भन्दै तत्कालका लागि सरकारले राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गरेको थियो । पुरा पढौ

मन्त्री उपस्थित नभएपछि संसद् बैठक भोलिसम्मका लागि स्थगन

असार २७ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गरे । सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराए । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५… पुरा पढौ