समाचार

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

म्याग्दी । म्याग्दी जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । रु तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए । “सवारीसाधन वारपार गर्न थालेको पुलको पहुँचमार्गलाई अन्तिमरूप दिनेबाहेक सबै काम सकिएको छ”,उनले भने, “२०८१ चैत २६… पुरा पढौ

तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि… पुरा पढौ

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

गलकोट । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो । यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका… पुरा पढौ

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो । केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले छ सय ३७ किसानलाई नौ सय ६५ वटा पाडीबाच्छी… पुरा पढौ

बेगनासतालमा पर्यटन बोर्डको लाईफ ज्याकेट

लेखनाथ । तालमा हुन सक्ने सम्भाव्य दुर्घटनालाई न्युनिकरण गराउने उदेस्यले नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशले वेगनासतालमा लाईफ ज्याकेट प्रदान गरेको छ । बेगनासतालमा घुम्न आउने आन्तरिक तथा वाहिय पर्यटनले डुंगा चढेर तालमा परिक्रमा गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने नियमलाई कडाईका साथ पालना गराउनका लागि पर्यटन बोर्डले बेगनासताल डुंगा ब्यवसायि समितिलाई तिन सय थान लाईफ ज्याकेट र नौ प्याकेट डेरी सहयोग गरेको हो । बेगनासताल डुंगा ब्यवसायि समितिमा रहेका लाईफ ज्याकेट पुराना र कमजोर भएकाले तालमा घुम्न आउने पर्यटनको… पुरा पढौ

पोखरा– १३ आर्वामा बृहत् वृक्षरोपण

असार २९ पोखरा । सुनडाँडा टोल विकास संस्था पोखरा– १३ ले आर्वामा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । शनिबार ‘पर्यावरण जोगाऔं, मानव सभ्यता बचाऔं’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा विभिन्न २० प्रजातिका ५ सय बढी विरुवाहरु रोपिएको हो । सुनडाँडा टोलको प्रवेशद्वार बाट शुरू गरिएको वृक्षरोपण मुल सडक दायाँ बाँया , शाखा सडक लगायत झण्डै एक किलोमिटर क्षेत्रमा गरिएको कार्यक्रम संयोजक एवं संस्थाका सचिव रामेश्वर बरालले जानकारी दिए । सो क्रममा गुलमोहर, चाँप, अमला, मशला, निम, लप्सी, कपुर,… पुरा पढौ

हाजिर जवाफ प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम

पोखरा । महिलाहरुको प्रतिभा प्रस्फुनका लागि आयोजना गरिएको हाजिर जवाफ प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम भएको छ । पोखरा महानगरपालिका – १५ स्थित कोलपाटन आमा समूहको आयोजनामा माहिला हरुको प्रतिभा र क्षमता प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालन गरिएको हाजिर जवाफ प्रतियोगितामा नागार्जुन आमा समूह प्रथम भएको हो । यस्तै प्रतियोगितामा द्वितीय सृजना मार्गा आमा समूह, तृतिय चेतना कृषक समूह र प्रतिभा आमा समूह ले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई क्रमश नगद रु… पुरा पढौ

तीन राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीबाट बिजेता खेलाडी पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा,… पुरा पढौ

कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सारु मगर सम्मानित

पोखरा । यस वर्षको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार -२०८१ बाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्वारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित सो पुरस्कारबाट शनिबार सारुमगर सम्मानित भएका हुन् । पोखराको नयाँबजारस्थित तमु धिंमा एक कार्यक्रमका विच उनलाई नगदसहित फेटा, भांग्रा, प्रमाणपत्रद्वारा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गुरुङले प्रदेशमा गुरुङ र मगर… पुरा पढौ

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

असार २९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता… पुरा पढौ