समाचार

प्रधानमन्त्री प्रचण्डलाई राप्रपा र जसपा र जनमत पार्टीले विश्वासको मत नदिने

असार २७ काठमाण्डौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद छन् । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गनेृ समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको… पुरा पढौ

२ लाख २२ हजार राशीको श्रीपती समाजसेवा पुरस्कारबाट सन्दुक रुईत पुरस्कृत हुने

पोखरा, असार २७ यस वर्षको श्रीपती समाज सेवा पुरस्कार समाजसेवी सन्दुक रुईतलाई प्रदान गरिने भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता डा.सन्दुक रुईतलाई पुरस्कृत गर्ने आयोजकले विहीबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा… पुरा पढौ

इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

पोखरा । सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा नवनिर्वाचित क्लबकी अध्यक्ष रेनु श्रेष्ठलाई पदस्थापन गराइएको छ । उनलाई क्लबकी निवर्तमान अध्यक्ष सरिता शर्माले पदस्थापना गराएकी हुन् । क्लबकी नवनिर्वाचत अध्यक्ष श्रेष्ठले क्लबले अघि सारेका योजनाहरु पुरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताउँदै आफूले प्राप्त गरेको यो अवसरलाई अवसरको रुपमा मात्रै नलिई महिला… पुरा पढौ

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ… पुरा पढौ

असार तेस्रो सातासम्ममा गण्डकीमा ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ

गण्डकी । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त रहेका छन् । यही असार १५ गते सम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा… पुरा पढौ

गण्डकीका खेलाडीहरु प्रदेश खेलकुद परिषदबाट पुरस्कृत हुँदै

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना… पुरा पढौ

दुई प्रमुख दलबीच समझदारी भएसँगै राष्ट्रियसभाको बैठक प्रभावित

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो ।आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । आजको बैठकमा बजेट आश्रित तीन विधेयक पारित गर्न अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण… पुरा पढौ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिमा सर्वज्ञ वाग्ले

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विमला निरौला ५९५ मतसहित उपविजेता भइन् ।समितिको वरिष्ठ उपाध्यक्षमा ९५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा अर्का प्रत्यासी राजेन्द्र श्रेष्ठ ४८८ मतसहित उपविजेता भए । समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८१८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६२२ मतसहित उपविजेतामा चित्त बुझाउन परेको छ । एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७४९ मतले निर्वाचित हुँदा दिनेशराज… पुरा पढौ

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गरेमात्रै किसानको जीवनस्तर माथि उठ्ने बताए । “सुक्खा… पुरा पढौ

बढीपहिराले आज कहाँ-कहाँ अवरुद्ध छन् राजमार्ग हेरौँ

काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन… पुरा पढौ