समाचार

डिजिटल साउण्ड एण्ड भिजनको ३३ औं वार्षिकोत्सव

पोखरा । पोखराको न्यूरोडपस्थित डिजिटल साउण्ड एण्ड भिजन प्रा.लि.ले वार्षिकोत्सवको अवसरमा सामान खरिदमा विशेष छुट दिने भएको छ । विभिन्न विद्युतिय सामानहरुको बिक्री वितरण गर्दै आइरहेको डिजिटल साउण्ड एण्ड भिजनले आफ्नो ३३ औैं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्युतिय सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने भएको हो । बुधबार वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच असार महिनाभर सामान खरिद गर्ने ग्राहकहरुलाई ५ देखि ५० प्रतिशत छुट दिने गरि योजना ल्याएको प्रा.लि.का प्रबन्ध निर्देशक मनोहर श्रेष्ठले जानकारी दिए । उनले भने,… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय महिला टि–२० मा चार टिम

पोखरा । गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाएका हुन् । प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविनको आधारमा सञ्चालन हुने छ । पहिलो दिन कास्की र… पुरा पढौ

कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

असार ५ पोखरा । कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो । सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए । बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत… पुरा पढौ

शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ

असार ४ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताएकी छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारिन् । उनले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यताक्रमलाई आधार मान्न थालिएको र आफ्नो निर्देशनपछि राजनीतिक दलको सदस्यता लिएका आठ सय २५ शिक्षकले सदस्यता त्यागेको जानकारी दिइन् । यसबीचमा… पुरा पढौ

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

असार ४ पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् । उनका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुरको लगातार दोश्रो जित

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट समुह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समुह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरका बीच हुने खेल रोचक मोडमा पुगेको हो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भएको छ भने दोस्रो खेलमा नवलपुरले गोरखा विरुद्ध १२५ रनले जित निकालेको छ । नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको… पुरा पढौ

पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा

पर्वत । पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जिल्लाका सात पालिकामा सुरु एक सय १७ सिँचाइ आयोजनामध्ये हालसम्म सम्पन्न ९० वटा आयोजनाबाट सिँचाइ सुविधा विस्तार भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए। प्रमुख अधिकारीका अनुसार थप २० वटा आयोजना यही असार मसान्तसम्म पूरा हुने क्रममा छन् । जिल्लाका अधिकांश योजना बहुवर्षे भएको र छोटो अवधिका योजनामध्ये झन्डै एक दर्जन योजना सम्पन्न भइसकेको उनले बताए । जलजला गाउँपालिका–७ मा… पुरा पढौ

कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन

गलकोट । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु १८ लाख सङ्कलन भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार सङ्कलन गरेको थियो । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी… पुरा पढौ

पर्वतमा विहादीमा ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपलिकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विहादी गाउँपालिकाको सोमबार सम्पन्न १५औँ गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा भएको हो । गाउँपालिकाभित्र कृषि, लघुउद्यम, पशुपालन, पर्यटन क्षेत्रमा युवावर्गलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए । प्रस्तुत नीति तथा कार्यक्रममा ‘श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिँदै उनले स्थानीय… पुरा पढौ

हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

असार ३, हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले एक एक गोल गरे । आज नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रातय गर्यो । खेलको दोस्रो मिनेटमा… पुरा पढौ