समाचार

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट : नवलपुर र स्याङजाको जित

पोखरा  । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले  जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले… पुरा पढौ

भाषा संघको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

असार ३ पोखरा । पोखरामा भाषा संघ नेपाल ल्यानको आयोजनामा छैटौं जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइबार संघमा आवद्ध जापानी भाषा प्रशिक्षकहरुलाई लक्षित गर्दै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोखराका विभिन्न भाषा स्कुलका ४४ जना प्रशिक्षकहरुको सहभागिता रहेको संघका महासचिव बालकृष्ण शर्माले जानकारी दिए ।कार्यक्रमलाई संघका अध्यक्ष सृजन भान्साकार्य, निलम बाटाजु, मोतिप्रसाद श्रेष्ठ र सविता शेरचनले जापानी भाषाको इतिहास, जापानी संस्कृति लगायत भाषा प्रशिक्षण गर्दा ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरेका थिए । सो… पुरा पढौ

गण्डकीमा जेठ मसान्तसम्मको बजेट खर्च ४५.५६ प्रतिशत

पोखरा, असार ३ गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत गत साउनदेखि जेठ मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो । जसमा चालुतर्फ ४३.९४ प्रतिशत र पुँजीगततर्फ ४५.६० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बिनियोजन गरेको थियो । जसमध्ये जेठ मसान्त अर्थात… पुरा पढौ

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली । जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित ‘युवासँग उपप्रमुख कार्यक्रम’मार्फत ६० समूहका पाँच सय ७५ किसानलाई कफीका बिरुवा वितरण गरिएको नगरका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक… पुरा पढौ

तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र

डुम्रे । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सङ्घबाट प्राप्त रु तीन अर्ब ८१ करोड २४ लाख १४ हजार आठ सय २९ मा ११ महिना अवधिमा ४६ दशमलव ५७ प्रतिशत खर्च… पुरा पढौ

गण्डकीमा तीन औद्योगिक ग्राम सञ्चालनको तयारी

गण्डकी । गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये तीन औद्योगिक ग्राम आगामी आव २०८१÷८२ भित्र सञ्चालनमा ल्याइने भएको छ । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र पूर्वाधारको अवस्था हेरेर थप एउटा स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालनको तयारी गरिएको हो । मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले तीन औद्योगिक ग्राम सञ्चालनको योजनालाई प्रदेश सरकारको बजेटले समेटेको जानकारी दिए । “आँबुखैरेनी र अर्जुनचौपारीमा उद्योग स्थापनाका लागि सम्झौतासमेत भइसकेको छ, आँबुखैरेनीमा बाँसको फर्निचर… पुरा पढौ

धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने

गलकोट । बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगमी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ । प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाईफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रविणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए। उक्त अस्पतलमा प्रदेश… पुरा पढौ

बजेट जनता र राष्ट्रको पक्षमा भएकोले प्रतिनिधिसभाबाट पारित हुन्छ:प्रधानमन्त्री दाहाल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने । प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री… पुरा पढौ

सुनको मूल्य घट्यो

काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला… पुरा पढौ

बेनीको खुला मञ्च खेल मैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुला मञ्च खेल मैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेल मैदान परिसरमा रहेको बेनी भगवती मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्डअनुसारको बनाइएको हो । एघार÷एघार जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटरपछि सारेर खैल मैदानको लम्बाइ सय मिटर बनाइएको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए । “यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेल मैदानको लम्बाइ विस्तार गरेर सय मिटर बनाएका छौँ”, उनले भने, “३८ मिटर चौडाइ… पुरा पढौ