समाचार

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतमा पुल नबन्दा आवागमनमा समस्या

पर्वत । पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ । सडक खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल नबन्दा सहज रुपमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चार मोटरेवल पुल निर्माणको तयारी छ । पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा मोटरेवल पुल निर्माण नहुँदा… पुरा पढौ

सेनाको सहयोगमा गलकोट कोतघर धमाधम जीर्णोद्धार

गलकोट । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको र अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको… पुरा पढौ

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९-०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो । “प्रदेश स्थापना… पुरा पढौ

मा.वि.स्तरिय चित्रकलामा बालकल्याणकी कृति प्रथम

पोखरा । कोलाव्रेटिभ एजुकेश्नल पार्टनरशिप कास्कीको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा मा.वि.स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार भएको प्रतियोगितामा बालकल्याण मा.वि. कृति गुरुङ प्रथम भएकी छन् । हावार्ड मा.वि.का तेजेस सुनार द्वितिय, तृतिय बाल प्रभात मा.वि.का आकांक्षा खड्का र सान्तवना हिल प्वान्इन्ट मा.वि.का सुजता गुरुङ भएको कार्यक्रम संयोजक हिल प्वाइन्ट मा.वि.का संस्थापक प्राचार्य दिवाकर जैसीले जानकरी दिए । बालकल्याण मा.वि.का प्राचार्य षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सोसल पब्लिक मा.वि.का संस्थापक खिमबहादुर गुरुङ, प्रतियोगिताका निर्णायक हरि जोजीजु, हिल प्वाइन्ट… पुरा पढौ

कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गर्छौँः गृहमन्त्री लामिछाने

जेठ २३ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विद्यमान कानुनअनुसार कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गरिने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको नागरिकतासम्बन्धी छलफलमा उनले विद्यमान कानुनले दिएका तर कार्यविधिमा अस्पष्टताका कारण नागरिकता दिन समस्या भएमा समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए । कानुनले दिँदैन भन्नेका हकमा भने नागरिकता पाउन अझै केही समय लाग्ने उनले स्पष्ट पारे । नागरिकता प्रदान गर्दा कतिपय अवस्थामा प्रमुख जिल्ला अधिकारीको स्वविवेक पनि महत्वपूर्ण हुने भन्दै उपप्रधानमन्त्री लामिछानेले संविधानले दिएको… पुरा पढौ

विपद् न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री पाण्डे

जेठ २३ तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएकना छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले आज शुक्लागण्डकी नगरपालिका–४ मा आयोजना गरेको सवारी दुर्घटना व्यवस्थापन नमुना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति न्यूनीकरण गर्नेतर्फ सचेत हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री पाण्डेले विपद्का समयमा जहिले पनि मुख्य उद्धारकर्ताका रुपमा स्थानीयवासी रहने भएकाले स्थानीय व्यक्तिलाई उद्धार प्रक्रियाबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “स्थानीय… पुरा पढौ

विद्यार्थीलाई वातावरणबारे सचेतना

जेठ २३ पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा… पुरा पढौ

सेन्ट मेरिजले मनायो वातावरण दिवस

जेठ २३ पोखरा । पोखराको सेन्ट मेरिज विद्यालयले विभन्नि कार्यक्रमहरुसहित विश्व वातावरण दिवस मनाएको छ । पोखरा १५ स्थित नयाँगाउँमा रहेको विद्यालयले विद्यालय तथा सार्वजनिक स्थानहरुको सरसफाई गर्दै बुधबार वातावरण दिवस मनाएको हो । दिवसका अवसरमा विद्यालयका छात्राहरुले पोखराका विन्दवासिनी मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, बौद्ध अर्घौँ सदन, गीता मन्दिर, जेयष्ठ नागरिक केन्द्र पोखरा १५ मा सरसफाई गर्नुका साथै सरसफाईका सामग्री हस्तान्तरण गरेको शिक्षक सुमन अधिकारीले जानकारी दिए । यसका साथै उनीहरुले उनीहरुले पोखराका विभिन्न ३ वटा विद्यालयमा… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा वृक्षरोपण

जेठ २३ पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा वहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।बुधबार क्याम्प्सले वृक्षरोपण सहित सचेतना र्‍यालीसहित विश्व वातावरण दिवस मनाएको हो । क्याम्पमा रहेको विद्यार्थीहरुको संगठन नेचर क्लवले वन डिभिजन कार्यालय कास्कीको सहयोगमा विभिन्न सौन्दर्यकरणका विरुवाहरु रोपिएको छ । यसअघि क्याम्पसबाट सचेतना र्‍याली निकालिएको थियो । क्याम्पसबाट निकालिएको र्‍याली पोखराका विभिन्न क्षेत्रको परिक्रममा गर्दै पुन क्याम्पसमा नै पुगेर समापन गरिएको थियो । र्‍यालीमा सहभागिहरुले ‘हाम्रो भूमि हाम्रो भविष्य’, ‘फोहोरमैला व्यवस्थापन गरी वातावरण सफा राखौं’,… पुरा पढौ

गुटको पछि नलाग्न आग्रह गर्दै प्रचण्डले भने : ‘म अहिलेपनि चुनुवाङकै बाटोमा छु, जनक्रान्तिकै बाटोमा छु’

पोखरा, जेठ २३ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरुलाई गुटको पछि नलाग्न अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको प्रदेश स्तरिय ‘वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘गुटको पछि नलाग्नु होला, लाग्न नदिनुहोला । गुटले कहिं लाँदैन बरु भड्खालोमा लान्छ ।’ प्रधानमन्त्री प्रचण्डले पार्टी भित्र गुट रहेको संकेत गरेपनि त्यो ठूलो रुपमा नरहेको दाबी गरे । पार्टी भित्र ठूलै गुट छ भनेर गुटको पछि नलाग्नुहोला भनेर आफूले… पुरा पढौ