समाचार

कुमुदिनीद्वारा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र नगद हस्तान्तरण

पोखरा, १८ जेठ । पोखरा वडा नं ४ मा रहेको कुमुदिनी होम्स माविले माछापुच्छ्रे गाउँपालिकामा रहेको बाराही प्रावि र पोखरा महानगरपालिका वडा नं १९ मा रहेको हिमालय प्राविका ८३ विद्यार्थीका लागि शैक्षिक सामग्री तथा नगद हस्तान्तरण हस्तान्तरण गरेको छ । विद्यार्थीलाई सामाजिक सेवामा लाग्नुपर्छ, समाज सेवा गर्नुपर्छ र सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्छ भन्ने मान्यता अनुसार विद्यार्थीहरुले नै संकलन गरेको ३७६ वटा कपि, २९५ वटा पेन्सिल, १५८ वटा इरेजर र ३२९ वटा कटर गरेर ३७ हजार २७० रुपैयाँ बराबरको सामान हस्तान्तरण… पुरा पढौ

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी, वडा नं. २६ बाट वडा रत्न घोषणा

पोखरा । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो । बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो । स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे,… पुरा पढौ

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

ढोरपाटन । अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिरपट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाई दिएको छ… पुरा पढौ

मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त

म्याग्दी । मुस्ताङमा पािलएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमा पहिलो पटक गरेको परीक्षणबाट मुस्ताङी च्याङ्ग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो । पश्मिना सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थकारुपमा प्रयोग गर्न उपयुक्त… पुरा पढौ

गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा

गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् । शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए । म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानुन व्यवसायमा आवद्ध छन् । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । म्याग्दीको महेन्द्र माविमा दुई वर्ष… पुरा पढौ

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू

पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो । कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाएका छन्। विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले खरबुजाको परीक्षण उत्पादन सफल… पुरा पढौ

मनाङमा सामाजिक विकासतर्फका छ आयोजना सम्पन्न

मनाङ । मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका छ आयोजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये छ आयोजना सम्पन्न भएका हुन् । जसमा मठ, मन्दिर, गुम्बा, सामुदायिक भवन, खेल मैदानलगायतका आयोजना रहेका छन् । एउटा आयोजना अन्तिमचरणमा रहेको सामाजिक विकास कार्यालयले जनाएको छ । सामाजिक विकास कार्यालयका प्रमुख नारायणप्रसाद बास्तोलाले निर्माणाधीन ती आयोजनाका लागि विनियोजित बजेटमध्ये कूल ८६ प्रतिशत रकम खर्च बताए । क्षेत्रगतमा शिक्षातर्फ दुई, भाषा, साहित्य, संस्कृति र सम्पदा… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनका लागि सिप सिकाउन आवश्यक : महामन्त्री लामिछाने

पोखरा । गण्डकी प्रदेशका पुर्व सांसद तथा काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्री विष्णु प्रसाद लामिछानले धेरै भन्दा धेरैलाई सिप सिकाउन आवश्यक रहेको भित्तेपात्रो (क्यालेण्डर) बिमोचन कार्यक्रममा बताए । प्रफेक्ट प्रिटिङ सलुसन, नगेन आर्ट एकेडेमी र द हिमालय टाईगरको सयुंक्त आयोजनामा भित्तेपात्रो (क्यालेण्डर) बिमोचन कार्यक्रममा लामिछानेले सरकारी निकायमा समन्वय गरेर सिप सिकाउन आवश्यक रहेको र सिप भए जहा गएपनि जागिरको लागि सजिलो हुने बताए । प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व सांसद तथा काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्री विष्णु प्रसाद लामिछाने, रासस गण्डकी प्रदेश… पुरा पढौ

निसीखोलाको रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

गलकोट । जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो । बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ । पातीहाल्नेबाट… पुरा पढौ

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पु¥याएको छ । उनले भने, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।” क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि… पुरा पढौ