समाचार

सामुदायिक वनका विषय सम्बोधन भएकामा बजेटको स्वागत

गण्डकी । सामुदायिक वन उपभोक्ता समूहले बजेटमा स्थायी लेखा नम्बर दिने प्रावधानका सम्बन्धमा गरिएको व्यवस्थाको स्वागत गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घको २९औँ स्थापना दिवसका अवसरमा मुलुकभरि आयोजित विभिन्न कार्यक्रममा सहभागीले सो व्यवस्थाको स्वागत गरिएका हुन् । बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले प्रत्येक सामुदायिक वन समूहले दुई वर्षको लेखापरीक्षण प्रतिवेदनका आधारमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा स्थायी लेखा नम्बर९पान० दिने घोषणा गरेका थिए । यसअघि सरकारीस्तरबाट संरक्षण, विकास र उपयोग गर्नेगरी समूहलाई हस्तान्तरण गरिएको मितिदेखि हालसम्मको लेखापरीक्षण प्रतिवेदनका आधारमा… पुरा पढौ

दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन

पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ । उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ । खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदैआएको छ । प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका–८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ । दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ । दोहनले वर्खायाममा बाढीपहिरोको जोखिम रहेको स्थानीयको गुनासोपछि अनुगमन गर्न… पुरा पढौ

कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको उनले बताए । “रु ४० हजार मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले रु २०-२० हजारको… पुरा पढौ

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन-चट्या्ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ… पुरा पढौ

स्वस्थ र सकारात्मक जीवनका लागि अध्यामिक ज्ञान आवश्यकः प्रदेश प्रमुख भट्ट

जेठ १८ पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताएका छन् । सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा उनले आभार पनि व्यक्त गरे । प्रदेश प्रमुख भट्टको स्वागत तथा सम्मानमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको परिचयात्मक स्नेह मिलन कार्यक्रममा प्रदेश प्रमुख भट्टले आफू यस विश्वविद्यालयको अभियानसँग लामो समयदेखि परिचित रहेको र नजिकबाट चिनेको बताए… पुरा पढौ

पोखरामा स्वर्णिम एफसीको भेट्रान्स फुटसल शुरु

जेठ १८ पोखरा । पोखराको अमरसिंह स्पोर्टस् सेन्टरमा पहिलो संस्करणको भेट्रान्स (३५ प्लस) फुटसल प्रतियोगिता शुरु भएको छ । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा आज (शुक्रबार ) सेमिफाइनलको समिकरण पूरा भएको क्लबका सचिव अनुपम गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो क्वाटरफाइनल खेलमा एट टु नाइनले आयोजक स्वर्णिम एफसी हरियोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एट टु नाइन सेमिफाइनलमा प्रवेश गर्याे । दोस्रो खेलमा गार्डेन एफसीले भाइब्रेन एफसीलाई ३–१ गोल अन्तरले हरायो । तेस्रो खेलमा नाफालाई… पुरा पढौ

मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता

जेठ १८ तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ । तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्र गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डमा ६० प्रतिशत भन्दबढी कार्य प्रगति भइसकेको छ । “वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप… पुरा पढौ

सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

जेठ १८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताएका छन् । पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज विमोचन गर्दै उनले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरे । समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा छाएको निराशाले राजनीतिक व्यवस्था खतरामा रहेको बताउँदै उनले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए । मुलुकमा… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल म्याग्दीको बेनीमा सुरु

पोखरा । म्याग्दीको बेनीमा गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबारबाट उक्त प्रतियोगता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमबा बीच गण्डकी प्रदेश सासद विमला गौचनले उद्घाटन गरेकी छन् । सो आवसरमा बोल्दै सांसद गौचनले परम्परागत र मौलिक खेलहरुको जर्गेना गर्न यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै संस्कृतीको संरक्षण र प्रवर्द्धनकालागि समेत उत्तिकै आवश्यक रहेको जनाइन् । गण्डकी प्रदेश सरकारले विभिन्न जातजातीका बीच लोकप्रिय खेलहरुको जर्गेना गर्न सुरु गरिएको अभियानप्रति खुसी व्यक्त… पुरा पढौ

खेलकुदको माध्यममार्फत पोखरालाई प्रर्वद्धन गर्न सकिन्छ : मेयर आचार्य

जेठ १८ पोखरा । खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताएका छन् । शुक्रबार पोखरामा भएको पोखरा राष्ट्रिय बक्सिङ च्याम्पियनसिप–२०८१ को उद्घाटन गर्दै उनले पोखरालाई खेलका माध्यम मार्फत अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका हुन् । पर्यटन राजधानी पोखरालाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्न यहाँ आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिताहरु महत्वपूर्ण रहने उनले बताए । उनले भने, ‘नेपाललाई अन्तराष्ट्रिय प्रतिस्पर्धा, ओलम्पिकमा पु¥याउने भनेको अहिलेका विद्यालय तहका बालबालिकाले हो । त्यसैले उनीहरुको ‘ग्रुमिङ’का… पुरा पढौ