पोखरा, जेठ १७ गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले गण्डकी प्रदेशमा मध्यावधीको खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको विहीबार बसेको छैटौं अधिवेशनको छैटौं बैठकमा पेस भएको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै नेकपा माओवादी केन्द्रका सांसद जुग्जालीले भने,‘सबै नेता साथीहरु र माननीय ज्यूहरुलाई मेरो आग्रह के छ भने, अब हामी कतै मध्यावधी निर्वाचनतर्फ डोहोरिदै त छैनौं भन्ने सिनहरुपनि देखिइरहेको छ ।’ उनले यसबारे गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भन्दै दलका नेताहरुलाई…
पुरा पढौ