गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए। “चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेका छौँ”, उनले भने, “यसबाट ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीलाई सजिलो भएको छ ।” गाउँपालिकाले तेस्रो त्रैमासिकअन्तर्गतको भत्ता यही जेठ…
पुरा पढौ