समाचार

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा निर्णय कार्यान्वयन नगर्न आदेश जारी

पर्वत– आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र योग्य शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई प्रअ नियुक्त गरेको हो । विद्यालयमा २०७७ चैत ९ गतेदेखि प्रद्यानाध्यापकमा कार्यरत शिक्षक गोविन्दप्रसाद पोखरेलको गत चैत ६ गते शिवालय माविमा काज सरुवा भएपछि विद्यालय व्यवस्थापन समितिले बरिष्ठतम् शिक्षकलाई जिम्मेवारी नदिईकन कनिष्ठलाई जिम्मेवारी तोकेको हो । पोखरेलपछि बरियताका आधारमा शुभन्तनाथ… पुरा पढौ

पर्यटकीय क्षेत्र रिठेडाँडामा थपिँदै पर्यटन पूर्वधार

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका-५ बिनामारेस्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले विसं २०७४ देखि पूर्वाधार निर्माण गर्दै आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधार निर्माण गरिरहेको जैमिनी नगरपालिका(५ का अध्यक्ष ठगबहादुर थापाले बताए। अग्लो डाँडाको शिरमा समथर भूभाग छ । यहाँ आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उत्कृष्ट गन्तव्य बनाउन संरचना थप्दै गएको उनको भनाइ छ । हालसम्म रु ४५ लाख बढी… पुरा पढौ

माछा मर्नेक्रम नरोकिएपछि तनहुँको आँधीमूलमा क्षमापूजा गरिने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्नेक्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजाको तयारी गरिएको हो । आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिइ क्षमापूजा गरिने उनले जानकारी दिए । यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको… पुरा पढौ

१४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन गर्दै पुन

गलकोट । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्। “श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी… पुरा पढौ

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस स्थापना गर्न एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी ९एलसिआइएफ०ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका… पुरा पढौ

विद्यार्थीलाई ‘हामी सक्छौ,हामी गर्छौं’ कार्यक्रम मार्फत पढाइसँगै सीप

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ”, उनले भने, “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको… पुरा पढौ

पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद थप

तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो । कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए । म्याद सकिए पनि निर्माण कम्पनीले सडक… पुरा पढौ

गोरखाको कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए। गत वैशाखमा सडक कालोपत्र थालिएको हो । गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि… पुरा पढौ

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

जेठ ४ गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । पुरा पढौ

नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार खोज्दै उद्योमी रचना श्रेष्ठको टोली अष्ट्रलियामा

नेपाल प्राकृतिक रुपमा सुन्दर मात्रै छैन् यहाँका विविधताले पनि यसलाई थप सुन्दर बनाएर सुनमा सुगन्ध थप्ने काम गरेको छ । विभिन्न जातजाति,यहाँका विभिन्न समुदायका रहनसहन र संस्कार,भेषभुषा,भाषाशैली र आत्मियता नेपाल र नेपालीको पहिचान र विशेषताका पक्ष हुन् । समय परिस्थितीहरु बदलिएर अहिले हरेक परिवेशले नयाँ आकार सिर्जना भएको छ र त्यो हुन पनि जरुरी छ । तर विगतलाई हेर्ने हो भने नेपालीहरु बुद्धिमान र मेहनती पनि छन् भन्ने पुष्टि हुन्छ,जहाँ अन्न पिस्न पानीघट्ट,ढिकीजाँटो,कागतीबाट चुक निकाल्न कोल र काठका ठेकाठेकी,अल्लो धागोबाट… पुरा पढौ