समाचार

मनाङमा बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने ज्येष्ठ नागरिकको चिन्ता

मनाङ । बालबालिको भविष्यको सुनिश्चितताका लागि अभिभावकले सबै त्याग गर्ने गर्दछन् । बालबालिकाको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीमा बसाइँसराइ गर्ने गर्दछन् । यसले गर्दा स्थायीरुपमा बसाइँसराइ नगरे पनि अस्थायी सर्ने गर्दछन् । विकट जिल्ला मनाङका गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा छन् । गण्डकी प्रदेशको विकट क्षेत्र मानिने नार्पाभूमि गाउँपालिका–१, २ र ३ मा बालबालिका भेटिँदैनन् । उनीहरुको बसोबास गाउँमा हुँदैन । त्यसले गर्दा यहाँका ज्येष्ठ नागरिक चिन्तित छन् । नारगाउँका ८६ वर्षीय याङ्चु कर्मा लामा भन्छन्,… पुरा पढौ

गोरखकाली रबर उद्योग सञ्चालनको माग

गण्डकी । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो । सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि उद्योग सञ्चालनका लागि प्रकृया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

दमौली । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा संलग्न गराउन मौरीसहितका घार र अन्य सामग्री हस्तान्तरण गरिएको हो । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन मौरीपालन तालिम दिइएको तनहुँ जलविद्युत् आयोजनाका सहायक प्रबन्धक सुरज तिवारीले जानकारी दिए । उनका अनुसार ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका दश जनालाई मौरीसहितको घार, धुवाँदानी र घुम्टो सहयोग गरिएको छ । उनले भने, “आयोजना प्रभावित… पुरा पढौ

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो । दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा गरी तीन ठूला पुलको निर्माण कार्य भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । मादी नदीमा निर्माणाधीन आर्क डिजाइनको पुल छुट्टै ठेक्का भएर निर्माण कार्य अघि बढाइएको हो । “उक्त पुलको लम्बाइ तीन सय १५ मिटर रहेको छ”, उनले… पुरा पढौ

घर गोठ जलेर बिचल्लीमा परेका अमलाचौरका दुई परिवारलाई राहत उपलब्ध

गलकोट । घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका अग्नीपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यन्न सहयोग गरेका हुन् । बुधबार दिउँसोबाट बस्ती नजिकैको जङ्गलमा लागेको आगो एक्कासी बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेको थियो । जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका छन् । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा… पुरा पढौ

प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला सम्पन्न

पोखरा । प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला सम्पन्न सम्पन्न भएको छ । महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैङ्गिक समानता र सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयका व्यवहारिक पक्षलाइ सबल बनाउनु पर्ने लगायत वेइजिङ्ग कार्यनीति माथिको कार्यान्वयको अवस्थाको बारेमा प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श सम्पन्न भएको हो । वियोण्ड बेइजिङ कमिटि गण्डकी प्रदेशको आयोजनामा बेइजिङ प्लस ३० परामर्शमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवम प्रदेश सभा सदस्य सीता सुन्दासले राज्यका तिनै तह तथा सम्पूर्ण निकायमा महिलालाई समानुपातिक एवं अर्थपूर्ण… पुरा पढौ

मुख्यमन्त्री अधिकारीले बैशाख २३ गते विश्वासको मत लिने

पोखरा, बैशाख २१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख २३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी बैशाख २३ गते आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो । यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने व्यवस्था मिलाईदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । सोहि अनुसार प्रदेश सभाको बैठकको मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्ला गरिदिएको थियो । मुख्यमन्त्रीका लागि दाबी… पुरा पढौ

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ… पुरा पढौ

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको… पुरा पढौ

महाशिला गाउँपालिकामा पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान

पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ । महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई रु. ३१ लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि रु. २५… पुरा पढौ