राजनीति

मुस्ताङका उम्मेदवार गुनासो,‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । मुस्ताङका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाखरजेठ र कात्तिक÷मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक र मङ्सिर महिनामा बेसी झरेर चैतरवैशाख महिनामा गर्मी सुरु भएपछि उकालो उक्लिने परम्परा… पुरा पढौ

चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार गुरुङ

हेमजावासीसँग भनिन्ः कृषि क्षेत्र र सहरलाई व्यवस्थित बनाउन भूमिका खेल्छुपोखराकास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने, उनीहरुका कुरा सुन्ने र नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिवद्धता जनाइन् ।याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने… पुरा पढौ

सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा

पोखरा, १८माघ कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’ उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरीब… पुरा पढौ

पहिलो पटक निर्वाचनमा होमिएको नेकपा माओवादीको घोषणापत्र सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी माओवादीले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएको सो दलले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल अन्त्यको सङ्कल्प गरेको छ । महासचिव चन्दले… पुरा पढौ

काँग्रेस भित्र अब कुनै गुट छैन–सभापति शर्मा

प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त सम्पर्क कार्यालय नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका माधव प्रसाद बाँस्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नरहेको बताएका छन् । एक भएको… पुरा पढौ

जेन जी युवाले गरे एमाले पोखरा १५ को निर्वाचन कार्यालयको उद्घाटन

नेकपा एमाले क्षेत्र नं २ ले चुनावी प्रचार अभियानलाई तिब्र पारेको छ । एमाले उमेद्वार रश्मि आचार्य स्थानीय नेता कार्यकर्तासहित मतदाता भेट्न घरदैलो अभियानमा सक्रिय भएका छन् । पोखरा ४ बाट घरदैलो अभियान शुरु गरेका आचार्यले मतदातासँग सुझाव संकलन समेत गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदातासमक्ष पुगेका उनले आश्वासन भन्दा पनि समस्या पहिचानका कुरालाई जोड दिएका छन् । अभियानकै क्रममा पोखरा १५ को निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना भएको छ । सो कार्यालयको सोही वडाका जेन जी युवाहरूले उद्घाटन गरेका… पुरा पढौ

नेकपाका उम्मेदवार राजकाजी : सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पोखरा, माघ १८ कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर… पुरा पढौ

चुनावका लागि नेविसंघले तोक्यो संयोजक

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कास्कीका ३ सहित १ सय ६५ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १ सय ६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो।त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति गठन गरिएको उनको भनाइ छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र नं. १ मा विजय घिमिरे, २ मा संजय आले मगर र ३ मा माधव गिरी संयोजक तोकिएका… पुरा पढौ

कास्कीमा निर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन कार्यालय

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ । निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावारणमा सम्पन्न गराउन आचारसंहिताको कार्यान्वयनलगायत विषयमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया सम्पन्न भएसँगै आन्तरिक तयारी तीव्र बनाइएको छ । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटाइने कर्मचारी, पठाइने सामग्री आदिको व्यवस्थापनलगायत कामलाई कार्यालयले बढाइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । जिल्लामा कूल १५३ मतदानस्थल… पुरा पढौ

मतदाता खोज्दै म्याग्दीका उम्मेदवारहरू पोखरामा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।” अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न… पुरा पढौ