राजनीति

जलेको घर हेर्न ओली बालकोटमा,घर मर्मत नगर्ने,गुण्डुमा ‘ओली कुटी’ बन्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेनजी प्रर्दशनका नाममा जलाएर ध्वस्त पारिएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् । उनी गत भदौ २४ गते बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक अवकलोकनमा पुगेका हुन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले त्यसक्रममा रोष प्रकट गरे ।घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए… पुरा पढौ

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः संयोजक दाहाल

नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै संयोजक दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । सरकारले मङ्गलबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनि नसकेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्नेमा जोड दिए । वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै संयोजक दाहालले समाजवादी मोर्चामा रहेका… पुरा पढौ

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक होः प्रधानमन्त्री कार्की

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ… पुरा पढौ

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल,भ्रष्टाचारी विरुद्ध प्रस्तुत हुन पाँच बुँदे सुझाव

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध प्रस्तुत हुन पाँच बुँदे सुझाव दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गएका थिए । छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश… पुरा पढौ

पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताए । हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवशनको मिति निर्धारण गरिएको बताएका हुन् । उनले भने, “बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न… पुरा पढौ

सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँः कावा सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा आज आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् । हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको कावा सभापति खड्काको भनाइ थियो । सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित ‘जेनजी’ ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल… पुरा पढौ

राष्ट्रिय सम्मान सहित विपिन जोशीको अन्त्येष्टि

ईजरायलमा हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। कञ्चनपुरस्थित महाकाली नदीको भुजेलाघाटमा उनको अन्त्येष्टि गरिएको हो ।उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए भने सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए । इजरायली दूतावासका प्रतिनिधिले विपिनको… पुरा पढौ

‘बैंक लुटेर बुलेट बाइक’

कात्तिक ३ जेनजी आन्दोलनमा लुटेको पैसाले एक युवाले बुलेट बाईक खरिद गरेको खुलासा भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको तोडफोड र आगजनीको मौकामा भएको लुटपाटमा संलग्न दोलखाका दीपक श्रेष्ठले लुटेको पैसाले बुलेट बाईक खरिद गरेको पाइएको हो । घटनापछि समातिएका उनले आफूले लुटेर लगेको पैसामा केहि थपेर बुलेट बाईक खरिद गरेको वयानमा स्वीकारेको काठमाडौं प्रहरीले जनाएको छ । उनले बैंकबाट २ लाख ५० हजार क्यास र साथमा ३ थान… पुरा पढौ

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा सीपी गजुरेल, माओवादी केन्द्रसँग कार्यगत एकता पनि हुँदैन

स्वास्थ्य अवस्थाका कारण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मोहन वैद्य किरणले महासचिव पद छाडेका छन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै, महासचिव पदबाट स्वैच्छिक राजीनामा दिएका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ । ‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले भने । पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको… पुरा पढौ

कांग्रेसमा महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा विशेष महाधिवेशन पक्षधर असन्तुष्ट

नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकले महाधिवेशको मिति तोक्न ढिलाई गरेकोमा विशेष महाधिवेशन पक्षधरले आशंका व्यक्त गरेका छन् । उनीहरुले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताउँदै,६ बुँदे सुझाव समेत दिएका छन्। नेताहरु गुरुराज घिमिरे, मनोजमणि आचार्य लगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा नेता घिमिरेले पार्टीको महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा नेतृत्वको चर्को आलोचना गरेका छन् । घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समिति बैठक लम्ब्याएको… पुरा पढौ