राजनीति

उद्योगमन्त्री यादवले दिईन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि विवादमा परेकी मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउकी हुन् । राजीनामालगत्तै यादवले मन्त्रालय छाडेकी सचिवालयले जनाएको छ ।मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । पुरा पढौ

सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ ।“काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे, सुरुआती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो,” बैठकपछि नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिईन् । बैठकले… पुरा पढौ

जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताए । “यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाए”, संयोजक दाहालले भने, “यतिबेला यस विषयमा अन्तरराष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण… पुरा पढौ

लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग चर्कियो, विशेष नगरसभा बोलाउन एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षर

लेखनाथ, २३ भदौ ।लेखनाथ नगरपालिका पुनर्स्थापनाको मागसहितको अभियानले गति लिएको छ। साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरूले विशेष नगरसभा बैठक बोलाउन औपचारिक प्रक्रिया अघि बढाएका छन्।पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित विशेष नगरसभा बैठक बोलाउन माग गर्दै महानगर प्रमुख धनराज आचार्यसमक्ष पत्र बुझाइएको हो।विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव नगरसभाबाट पारित गरी सम्बन्धित निकायमार्फत केन्द्र सरकारसमक्ष पठाउनुपर्ने माग… पुरा पढौ

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।… पुरा पढौ

एमालेले गण्डकीका मुख्यमन्त्रीलाई भन्यो : ३० दिन भित्र विस्वासको मत लिनु

सन्देश श्रेष्ठपोखरा, भदौ १८ नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत लिन आग्रह गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले आफ्नो पार्टीले सरकार छाडेको ३० दिन भित्र विस्वासको मत लिन मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएको हो । संसदीय दलको निर्णय अनुसार भन्दै एमाले गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक देवका पहारीले विहीबार एक सार्वजनिक विज्ञप्ती जारी गर्दै सरकारमा रहेका कुनै पनि दलले सरकार छाडेको अवस्थामा संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र विस्वासको मत लिनुपर्ने बाध्यात्मक… पुरा पढौ

गण्डकीको कार्यपालिका र विधायीका दुबैमा गोरखा हाबी : ६ मन्त्रीमा मुख्यमन्त्रीसहित गोरखाका तीन मन्त्री, सभामुख पनि गोरखाकै

सन्देश श्रेष्ठपोखरा, भदौ १७ गण्डकीमा गोरखा हाबी भएको छ । प्रदेशको राजधानी कास्की भए पनि गण्डकीको सरकार र प्रदेश सभा अर्थात कार्यपालिका र विधायीका दुबैमा गोरखा हाबी भएको हो । गण्डकी प्रदेशको ६ सदस्यीय मन्त्री मण्डलमा मुख्यमन्त्रीसहित ३ मन्त्री गोरखाका छन् । गोरखाबाट सुरेन्द्रराज पाण्डे, नन्दप्रसाद न्यौपाने र फडिन्द्र देवकोटा मन्त्री रहेका हुन् । गोरखा २ को (२)बाट निर्वाचित पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् । पाण्डे नेतृत्वको अन्य दुई प्रभावशाली मन्त्रालय लिएर न्यौपाने र देवकोटा पनि सरकारमै छन् । गोरखा… पुरा पढौ

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित,उद्धार र पुनःस्थापनामा जोड

प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालद्वारा प्रस्तुत उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा प्रस्ताव राख्दै उनले विपद्बाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक शन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे । साथै घाइते नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरियो । सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशिल हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र उनीहरूको आवश्यक सेवामा… पुरा पढौ

गण्डकी प्रदेश सरकारमा नेसपाका फणीन्द्र देवकोटा बने, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री

गण्डकी प्रदेश सरकारमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् । प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद रहेका देवकोटालाई मुख्यमन्त्री सुरेन्दराज्र पाण्डेले बुधबार मन्त्री नियुक्त गरेका हुन् । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेले उनलाई ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा दिएका छन् । देवकोटाले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जेनजी आन्दोलन भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबारै सपथ ग्रहण लिएका छन् ।प्रदेश प्रमुख डिल्लीराज भट्टसँग उनले सपथ लिएका हुन्… पुरा पढौ

रसुवा बाढी : मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाईतेलाई ५० हजार

सन्देश श्रेष्ठपोखरा, भदौ १५ गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक÷एक लाख दिने भएको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतक र बेपत्ता परिवारलाई एक÷एक लाख दिने निर्णय गरेको हो । त्यस्तै, घाईतेको उपचारका लागि जनही ५० हजारका दरले सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले जानकारी दिए । उनका अनुसार… पुरा पढौ