राजनीति

सरकारद्वारा १३ देशमा राजदूत सिफारिस, भारतमा निश्चलनाथ, चीनमा कल्याणराज

सरकारले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजनितिक कोटा अन्र्तगत राजदूतहरूको नाम सिफारिस गरेको हो ।जसमा भारतका लागि नेपाली राजदूतमा निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाको लागि चिरनजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुणामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा, साउदी अरबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको… पुरा पढौ

एमाले नेतृ मिनाकुमारी गुरुङलाई मातृशोक

पोखरा । नेकपा (एमाले) नेतृ मीना कुमारी गुरुङलाई मातृशोक परेको छ । गुरुङकी ८३ वर्षीया आमा मायादेवी गुरुङको बिहीबार साँझ निधन भएको हो । विगत दुई वर्षदेखि उपचाररत गुरुङको निधन भएको छोरी मीना कुमारी गुरुङले जानकारी दिनुभयो । विदेशमा रहेका परिवारका सदस्यहरू नेपाल आइपुग्न समय लाग्ने भएकाले स्वर्गीय मायादेवी गुरुङको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय गुरुङका श्रीमान् समाजसेवी मेजर दिलबहादुर गुरुङ, छोरी एमाले नेतृ मीना कुमारी गुरुङसहित तीन छोरी र दुई छोरा छन् । पुरा पढौ

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको वैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए । “अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका… पुरा पढौ

२१ बुँदे घोषणा पत्र जारी गर्दै घरपझोङ जलवायु परिवर्तन सम्मेलन सम्पन्न, हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययनसँगै हिमताल र हिमनदीमा निगरानी बढाउन माग

पोखरा, भदौ ३१ मुस्ताङको घरपझोङमा भएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ले २१ बुँदे घोषणा पत्र जारी गरेको छ । सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न मागसहित २१ बुँदे घोषणा पत्र जारी गरेको हो । सम्मेलनले हिमनदी र हिमतालको निगरानी बढाउनुका साथै पूर्वसूचना प्रणाली विस्तार गर्न पर्याप्त अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानी गर्न माग गरेको छ ।सम्मेलनले जलवायु न्यायलाई मूल मुद्दा बनाउन माग गरेको छ । जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गर्दै सम्मेलनले हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता… पुरा पढौ

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज बसेको उक्त बैठकले भोटेकोशी विपद्बाट गम्भीर पाठ सिक्दै भविष्यमा हुनसक्ने विपद्बाट मानवीय तथा भौतिक क्षति रोक्न सरकारलाई स्पष्ट नीतिगत मार्गचित्र र रणनीतिक कार्यढाँचा प्रदान गर्न उक्त समिति गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।सो समितिले सहकार्य, समन्वय तथा अनुगमन गर्नुका साथै विपद्पछिको दिगो पूर्वाधार… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएका छन् । देउवा समूहका शीर्षनेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए । संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो । महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन्… पुरा पढौ

प्रतिवेदनमा सहमति जुटाउन एमाले पुर्नगठन कार्यदलको बैठक काभ्रेमा

पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवासीयरूपमा रहेर बैठक व्यस्त रहेका छन् । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीयरूपमा रहेर छलफल गरिरहेको जनाइएको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि त्यता जानुभएका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ… पुरा पढौ

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए । “भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उनले भने। संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको… पुरा पढौ

पोखरामा भोलि ५ कम्युनिष्ट घटकका नेताहरु एउटै मञ्चमा उभिदै

सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखरामा भोलि ५ बामपन्थी दलका नेताहरु एउटै मञ्चमा उभिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले कास्कीमा रहेका ५ कम्युनिष्ट घटकका नेताहरुलाई एउटै मञ्चमा उतार्न लागेको हो । ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुलाई एउटै मञ्चमा उतार्न लागेको आयोजक पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतीवडाले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका… पुरा पढौ

पार्टी एकताका लागि नरम हुन तयार छुः कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन् । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए । “पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा… पुरा पढौ