राजनीति

गण्डकीमा एमालेका मन्त्रीहरुले दिए सामुहिक राजिनामा

सन्देश श्रेष्ठपोखरा, भदौ १० नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । गण्डकी प्रदेशमा एमालेबाट प्रतिनिधित्व गरि सरकारमा गएका चार जना मन्त्रीहरुले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामुहिक राजिनामा पत्र बुझाए । पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए । यसअघि मंगलबार बसेको प्रदेश… पुरा पढौ

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए सामुहिक राजीनामा

गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मंगलबार नै सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका हुन् । बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् ।नेपाली कांग्रेस नेतृत्वको बर्तमान सरकारमा एमालेका चार मन्त्री सहभागि थिए । सामुहिक राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल,कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर… पुरा पढौ

एमालेले भोलि बुधबार गण्डकी सरकार छाड्ने

सन्देश श्रेष्ठपोखरा, भदौ ९ नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो । यसअघि अन्य प्रदेशमा एमाले–नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दवाब परेको थियो । अन्य प्रदेशमा गठबन्धनको सरकार बनिसक्दा पनि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा झुण्डिरहेपछि एमालेलाई सत्तालोलुपको आरोप लाग्दै आएको छ । गण्डकी प्रदेश एमाले संसदीय दलको बैठक बुधबार विहान ८ बजे बस्दैछ । सोहि बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्ने स्रोतको दाबी छ… पुरा पढौ

कांग्रेसको १५ औँ महाधिवेशन रोक्न, देउवा र खड्काको निवेदन सर्वोच्चमा दर्ता, बिहिबार पेशी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । पार्टी पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाविधेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज कांग्रेको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो । सो निवेदन उपर यही भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ । कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशन आगामी असोज… पुरा पढौ

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता हुँदैं

नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिने भएका छन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच सत्ता सहकार्य गर्ने निर्णय भएपनि बिगत डेढ महिनादेखि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा एमाले बसिरहेको थियो । मंगलबार बिहान बसेको एमाले गण्डकी प्रदेश संसदीय दलको बोर्ड बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि औपचारिक रुपमै सरकारबाट बाहिरिन लागेको हो । बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए । “एमालेका मन्त्रीले राजीनामा… पुरा पढौ

गण्डकीमा सरकार छाड्न एमालेको आनाकानी

सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सत्ता गठबन्धन भएको झण्डै डेढ महिना भयो । सम्झौता अनुसार गण्डकी र मधेश प्रदेशबाहेक अन्य ५ प्रदेशमा सरकार गठन भइसकेको छ । एमाले र नेकपाबीचको सहमति अनुसार कोशी, बागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनको नया सरकार बनिसकेको छ । एमाले र नेकपाबीच गठबन्धन बने पनि गण्डकीमा भने एमाले लाज पचाएर सरकारमा बसेको छ । केन्द्रमा दुई पार्टीबीच गठबन्धन गरेर अगाडि बढ्ने भनेपछि त्यसको… पुरा पढौ

कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, जनचेतना अभिवृद्धि गर्न र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सांसद अनुश्का श्रेष्ठले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने व्यवस्था मिलाउन माग गरिन् । सांसद अफ्साना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कडा सजायको… पुरा पढौ

गरिमा प्रकरणमा रवि किरणको खबरदारी: ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्। “फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्, “गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना… पुरा पढौ

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला काठमाण्डौंमा सुरु भएको छ । ‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए । आज ‘नेपालको चित्र, हामी कहाँ छौँ’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिईरहेका छन् । महामन्त्री विपिनकुमार आचार्यले पार्टीका… पुरा पढौ

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै उनले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेखेका छन् । “हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो”, भन्दै गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया… पुरा पढौ