राजनीति

प्रधानमन्त्री बालेन्द्र शाह पोखरामा, हेलिकप्टर मार्फत भोलि मुस्ताङ पुग्ने

निजि भ्रमणका लागि काठमाण्डौबाट निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह पोखरा आईपुगेका छन् । शुक्रबार बिहान सरकारी गाडीमार्फत उनी काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेका थिए । पोखरा हुँदै मुस्ताङ जाने र मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको स्रोतले बताइएको छ । उनी आज पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका अस्तामस्थित अन्नपुर्ण इको भिलेजमा बास बस्नेछन् । पोखराबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त भिलेजका ३ वटा ब्लकका १२ कोठा बुकिङ गरिएको छ। प्रधानमन्त्री र उनको भ्रमण टोली एक दिन त्यहाँ रहने छ।… पुरा पढौ

पार्टीभित्र एकता कायम गर्न कास्की काँग्रेसको अपिल

नेपाली काँग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपिल गरेको छ । जनता र कार्यकर्ताको चाहाना नै मजबुद र एकतावद्व काँग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपिल गरेको हो । नेपाली काँग्रेस कास्कीको आज सम्पन्न बैठकले त्यस्तो अपिल गरेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकले नेपाली काँग्रेसको १५ औ महाधिवेशनको कार्यातालिका अनुसार तोकिएकै समयमा वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।… पुरा पढौ

प्रधानमन्त्री शाह पोखरा हुँदै मुक्तिनाथ पुग्ने

प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदैं मुस्ताङ पुग्ने भएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न उनी त्यहाँ जान लागेका हुन् । काठमाडौँबाट आज बिहान आफ्नो सरकारी गाडीमार्फत पोखरा आउँदै गरेका प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।उनी सडक मार्गबटै मुस्ताङ जाने कार्यक्रम छ। तर यस बिषयमा भने सुरक्षा निकाय बेखबर रहेको जनाईएको छ ।कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे कुनै जानकारी नभएको बताए। उनी बास बस्नका लागि पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका… पुरा पढौ

प्रेस काउन्सिलका चार सदस्यको शपथ

प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सम्हालेका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे। अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए । रासस पुरा पढौ

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए । सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरेका हुन् । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुखको रुलिङ पछि उनीहरुले विरोध रोकेपछि बैठक सुचारु भएको छ । विपक्षी… पुरा पढौ

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने बताएका छन् । उनले निर्दोषलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा मुद्दामा पार्न नहुने भन्दै जघन्य अपराधका मुद्दामा कसैलाई पनि छुट नहुने स्पष्ट पारे । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उनले सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका, २०६६ को दफा ८ अनुसार मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए । “समितिले संवेदनशील भएर अनुसन्धान गरिरहेको छ, अब धेरै… पुरा पढौ

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ । बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियोे । काठमाडौँ जिल्ला अदालतले बिहीबार उहाँलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा वार्षिक प्रतिवेदन पेस

पोखरा, २८ साउन । गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेका छन् ।प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार भएकाले प्रदेश सरकारको न्यायिक कामकारबाहीमा सहयोग गर्नु प्रमुख दायित्व रहेको बताए । प्रदेश सरकारलाई कानुनी सल्लाहसँगै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको रहेको उनले बताए ।मुख्य न्यायाधिवक्ता पौडेलले कानुनी व्यवस्थाअनुसार कार्यालयले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन पेस गर्दै आएको बताए । उनले गत… पुरा पढौ

नेपाली कांग्रेसका पूर्व सभापति देउवा स्वदेश फिर्ता, विमानस्थलमा नेता, कार्यकर्ताद्वारा भव्य स्वागत

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ ।देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् ।उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको थियो । राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं पुगेका देशभरका कार्यकर्ता पनि उनको स्वागतका लागि विमानस्थल पुगेका थिए… पुरा पढौ

जनताका चाहना असीमित छन्, स्रोत भने सीमित छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले भने, “बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।” उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको… पुरा पढौ