राजनीति

प्रहरी समायोजन नहुँदा समस्या भयो: गण्डकी मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९औँ प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रहरी समायोजन नहुँदाको यसको असर प्रदेश सरकारको काम कारबाहीमा पनि परेको छ भने । “गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको छ”, उनले भने, “प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना,… पुरा पढौ

जनप्रतिनिधिको भत्ता रकम विकास : निर्माणमा खर्च

असोज २९ तनहुँ । बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । “हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,”उनले भने, “निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ ।” एक वर्षमा बैठक भत्तामा रु १८ लाख खर्च हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए । त्यसैगरी,… पुरा पढौ

पूर्वमन्त्री खड्कालाई पोखरामा नागरिक अभिनन्दन

असोज २८ पोखरा ।पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै, पोखरा १६, तुम्केमा रहेको नमुना क्लवले नेता खड्कालाई विशेष कार्यक्रमका विच नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा, र्यालीसहित नगर परिक्रमा गराईएको थियो । कार्यक्रममा खड्कालाई, जेयष्ठ नागरिक एवं समाजसेवी सोबवहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र क्लवका अध्यक्ष मीनवहादुर गुरुङले… पुरा पढौ

पुर्व मन्त्री कुमार खड्कालाई नागरिक अभिनन्दन गरिने

पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी भन्दा माथि उठेर जनताका प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिएको भन्दै तुम्केमा रहेको नमुना क्लवले सोमबार विहान नागरिक अभिनन्दन गर्न लागेको क्लबले जनाएको छ।केआई सिंह पुलबाट गाडी, मोटरसाइकल र्याली सहित नागरिक अभिनन्दन गरिने र महेन्द्र गुफावाट पैदल यात्रापछि तुम्के खेल मैदानमा पुगी विशेष कार्यक्रम गरिने वताईएको… पुरा पढौ

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

असोज २४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । “देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश… पुरा पढौ

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए । उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक… पुरा पढौ

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

असोज २२ काठमाण्डौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।” मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैङ्ककमा… पुरा पढौ

सराङकोटमा विशेष फुलपाती बढाई र साराङ्ग खेलको तयारी

पोखरा । साराङ्ग खेल र विशेष फुलपाती बढाई कार्यक्रम सराङकोटमा हुने भएको छ । नेपालको इतिहास राज्य एकिकरण संग जाृेडिएको युद्द कौशल संग जोडिएको साराङ्ग नाच लाई खेलको रुपमा करिव ७०० बर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखी गरीदै आएको इतिहासलाई क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा पुन सकृय गरीने भएको छ । नेपालको एतिहासीक संस्कृती संरक्षण मा नया पुस्ताहरुलाई सहभागी गरीने उद्देश्य सहित यस बर्ष देखी निरन्तरता दिने गरी सुरु गरीएको सराङकोट धार्मिक पर्यटन क्षेत्र बिकास समितिका… पुरा पढौ

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

असोज २२ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ । इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३ः३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ । यस्तै इच्छुक… पुरा पढौ

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

असोज २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरेका हुन् । “हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “यताबाट… पुरा पढौ