राजनीति

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

कार्तिक ३ काठमाण्डौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित… पुरा पढौ

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

कार्तिक ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ । “यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट… पुरा पढौ

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

कार्तिक ३ भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई… पुरा पढौ

रविको आग्रह : मलाई सामान्य व्यवहार गरियोस्

कार्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापती रवि लामिछानेले आफूलाई सामान्य व्यवहार गर्न प्रहरीलाई आग्रह गरेका छन् । अनुसन्धानका लागि काठमाडौंबाट पोखरा ल्याइएपछि उनले कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयालाई उनले आफूलाई भिआईपीको सुविधा र त्यस अनुसारको व्यवहार नगर्न आग्रह गरेको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । रविलाई उद्धृत गर्दै उनले भने,‘मलाई सामान्य व्यवहार गरियोस्, अरुले जे खान्छन् त्यहि दिईयोस्, अरुलाई जस्तो व्यवहार हुन्छ त्यस्तै व्यवहार गरियोस्, मलाई भिआईपीको सुविधा चाहिंदैन ।’ पक्राउ… पुरा पढौ

रबि पक्राउ परेसँगै समर्थन र विरोधमा उत्रियो पोखरा

कात्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेसँगै पोखराको माहोल एकाएक तातिएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापतीलाई पोखराको सूर्यदर्शनसहित विभिन्न ६ वटा सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा शुक्रबार काठकाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएसँगै पोखरामा उनको समर्थन र विरोधमा पोखरा उत्रिएको छ । रविको पक्राउको समर्थन गर्दै सहकारी पीडितहरुले थप दवाब सिर्जना गरिरहेका छन् भने रास्वपा कार्यकर्ताले रविको समर्थनमा दिनभरी नै नाराबाजी तथा कोणसभालगायतका कार्यक्रम गरे । काठमाडौंमा… पुरा पढौ

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

कार्तिक २ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन भने । उनले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टैगरी पुनःनिर्माणमा अपुग हुने रकम जुटाउन… पुरा पढौ

रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइने

कार्तिक २ पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की ल्याइने भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिए । “कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ”, उनले भने । लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही… पुरा पढौ

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ प्रहरीलाई अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा संलग्न भएको आरोपमा रास्वपा सभापति लामिछानेलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई अनुसन्धानका लागि अदालतले कास्की प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको प्रहरी उच्च श्रोतले जनाएको छ । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात

कार्तिक २ काठमाण्डौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयमा उक्त समझदारी भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहमतिपछि आज मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । यही कात्तिक १५ गतेदेखि उक्त व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सहमति जनाएका हुन्… पुरा पढौ

विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली

कात्तिक २ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका छन् । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको विपद्को घटनाका रुपमा लिँदै उनले राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले विपद् प्रभावितलाई… पुरा पढौ