राजनीति

यूवा दिवसको अवसरमा ६ युवालाई एमाले कास्कीको सम्मान

साउन २८ पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी… पुरा पढौ

‘सेल्टरदाता’ मानकुमारी जिसीको ९१ वर्षमा निधन

पोखरा । भूमिगत कालको कम्युनिष्ट आन्दोलनका बेला सेल्टरदाताको रुपमा परिचित तथा पोखरा महानगरपालिकाका संस्थापक मेयर मानबहादुर जिसीकी आमा मानकुमारी जिसीको निधन भएको छ । ९१ वर्र्षीय जिसीको पोखरा महानगरपालिका वडा नम्बर २८ देउमाणीस्थित आफ्नै घरमा आइतबार साँझ निधन भएको हो । उनको सोमबार पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । भूमिगत कालमा कम्युनिष्ट आन्दोलनमा होमिएका नेताहरुको संरक्षणमा सक्रिय भएर सेल्टरदाताको परिचय बनाएकी मानकुमारीको निधनप्रति नेकपा एमाले कास्कीले दुःख व्यक्त गरेको छ । उनलाई आज नेकपा एमालेको झण्डा ओढाएर… पुरा पढौ

गण्डकी लगाएत पाँच प्रदेशमा रास्वपाको क्लोज क्याम्प’ जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिन अघि सुरु भएको हो । रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरुका लागि काठमाडौँमा दुईदिने कार्यशाला आयोजना गरेको थियो । सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी उक्त कार्यशालामा… पुरा पढौ

कसले शिलान्यास गर्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम स्थगित

पोखरा, साउन २५ को प्रमुख अतिथि बन्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम रोकिएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आएका थिए । तर अन्तिम समयमा शिलान्यास मन्त्री गुरुङले गर्ने कि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने भन्ने विवाद भएपछि शिलान्यास कार्यक्रम नै स्थगित भएको हो । गण्डकी विश्वविद्यालयले शिलान्यासका लागि… पुरा पढौ

हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ

साउन २४ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए । उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा… पुरा पढौ

अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया

साउन २४ काठमाण्डौं । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ । लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको हो । उक्त विधेयकमा सहमति हुन नसकेका विषयमा राजनीतिक रुपमा गठन गरिएको तीन दलीय विधेयक सहजीकरण कार्यदलले जुटाएको सहमतिअनुसार कानुन मन्त्रालयले प्रस्ताव पेस… पुरा पढौ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

साउन २४ काठमाण्डौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ । समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो । रासस पुरा पढौ

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने

साउन २४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्”, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई… पुरा पढौ

पर्यटनमन्त्री पाण्डे आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने

साउन २४ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अति जरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन… पुरा पढौ

हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त

साउन २३ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुर्घटनामा परी मृत्यु हुने पाँच जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको सशस्त्र… पुरा पढौ