राजनीति

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा

जेठ २७ नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

जेठ २७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । सो शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम… पुरा पढौ

आज र भोलि प्रतिनिधिसभा बैठक स्थगन गरिने

काठमाडौँ । विनियोजन विधेयकमा छलफल गर्न आज र भोलिका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगन गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययनका निम्ति पर्याप्त समय उपलब्ध गराउन दुई दिन प्रतिनिधिसभाको बैठक नगर्ने निर्णय गरेको हो । उक्त विधेयकमा यही २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगनको सूचना… पुरा पढौ

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनु पर्छ : अध्यक्ष ओली

जेठ २६ काठमाण्डौं ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पु–याउनुपर्छ भने । अध्यक्ष ओलीले काठमाण्डौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे । “यद्यपि गत निर्वाचनमा… पुरा पढौ

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँः सभापति देउवा

जेठ २६ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताएका छन् । पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताएका हुन् । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे । एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको… पुरा पढौ

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले राससलाई बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ । ” प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय… पुरा पढौ

२०८४ सम्म नेपाली कांग्रेस प्रतिपक्षमै रहने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन । महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

जेठ २५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गरेका छन् । प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाण्डौं उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाण्डौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए । प्रधानमन्त्रील भने, “तपाईंहरूको फोरमले काठमाण्डौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी कामको समन्वय सङ्घीय… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट अघि नै विश्वासको मत लिने

पोखरा, जेठ २५ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि नै विश्वासको मत लिने भएका छन् । गण्डकीमा बहुमतको अन्यौलले नीति तथा कार्यक्रम ल्याउन ढिलाई भइरहेको छ । नीति तथा कार्यक्रम ल्याएर पारित नभएमा सरकार अल्पमतमा परेको सन्देश जाने डर मुख्यमन्त्री पाण्डेमा छ । त्यसैले उनले नीति तथा कार्यक्रम अघि नै विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेले यहि जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका… पुरा पढौ

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा जाने

जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने, “प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।” सोही बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण… पुरा पढौ