नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ ।देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् ।उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको थियो । राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं पुगेका देशभरका कार्यकर्ता पनि उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।देउवा फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।विमानस्थल गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । उनको स्वागतको लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला भएका थिए।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।देउवालाई स्वागत गर्न विमानस्थल पुगेका भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले गगन थापालाई पार्टी सभापतिमा अस्विकार गरेका छन्।पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेका बताएका हुन्।नेता कोइरालाले पार्टी अब एकताबद्ध भएर अगाडी बढ्ने बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३…





