राजनीति

राती १२ बजेदेखि सवारी साधन संचालनमा रोक

निर्वाचन आयोगले आज राती १२ बजेदेखि सवारी संचालनमा रोक लगाएको छ । भोलि हुने मतदानलाई लक्षित गरी आयोगबाट अनुमति पाएका र अत्याबश्यक बाहेक अन्य सवारी साधनलाई रोक लगाएको हो । कास्की प्रशासनले पनि सवारी पास आवश्यक नपर्ने बहेक अन्य सवारी साधन संचालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज सुचना जारी गर्दै राती १२ बजेदेखि लागु हुने गरी रोक लगाईएको जनाएको छ । प्रशाासनले प्रस्थानविन्दुबाट गन्तव्यतर्फ जाने सबै प्रकारका सवारी साधन राती १२ बजे अगावै पुग्ने गरी संचालन… पुरा पढौ

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे । कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ६१ वटा निर्वाचन… पुरा पढौ

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ । बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी… पुरा पढौ

धमाधम मतदान स्थलमा आवश्यक तयारी हुँदै

बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदै छ। त्यसका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा तयारी तीव्र रूपमा भइरहेको छ। देशभरका मतदान केन्द्रमा कर्मचारी खट्टिएर आवश्यक तयारी शुरु गरिसकेका छन् । कास्कीमा पनि कर्मचारीहरु मतदान स्थलमा पुगी भोलि बिहानदेखि शुरु हुने मतदान प्रक्रियालाई सहज बनाउन आवश्यक निर्माणको काम गरिरहेका छन् । मतदान स्थल बनाउनेदेखि सुरक्षाकर्मी परिचालनसम्मका व्यवस्थापन भइरहेको छ। पुरा पढौ

निर्वाचन पर्यवेक्षण समिति नेपालद्वारा ७ सय पर्यवेक्षक परिचालन

निर्वाचन पर्यवेक्षण समिति नेपाल इओसी नेपालले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ । यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो । विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक सञ्जालको प्रयोग भएकोले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन सम्बन्धमा सूक्ष्म पर्यवेक्षणका लागि इओसी नेपालको केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरिएको सो संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले जानकारी दिए । आफूहरुले मौन अवधि सुरु भएयता… पुरा पढौ

पर्सा २ र सिरहा ३ का उम्मेदवार पक्राउ

प्रहरीले पर्सा र सिरहाका एक एक जना उम्मेदवारलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादव रहेका छन् । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार चौधरीसहित चार जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र… पुरा पढौ

धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड ज बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा ९५० बमोजिम साहको उम्मेदवारी खारेज… पुरा पढौ

मतदानको दिन नजिकिदैं,सुनसान बन्दै शहर

शिशिर उजाडपोखरा आगामी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरू आ आफ्ना मतदानस्थल तर्फ फर्कन थालेका छन् । बिशेष गरी देशका बिभिन्न शहरमा अस्थायी रुपमा पेशा, व्यवसाय गरी बसेकाहरु निर्वाचनको छेकोमा मताधिकार प्रयोगसँगै, लामो विदाको उपयोग गर्न आफ्नो क्षेत्रमा फर्कन थालेका हुन् । काठमाण्डौं उपत्यकामा मात्र नभई देशका प्रमुख शहरका बस स्टपमा यतिबेला टिकट काट्नेको भीड देख्न सकिन्छ । उपत्यकाका नाकाहरूमा गाउँ फर्किने मानिसहरूको भीड नै लाग्ने गरेको छ । अधिकांश रिजर्भ गाडीले मतदाता ओसारिरहेका छन् । कोटेश्वर,… पुरा पढौ

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए । “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझेर मतदान केन्द्रमा पुग्नुभएको… पुरा पढौ

भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्छु–काँग्रेस उम्मेदवार बास्तोला

नेपाली काँग्रेस कास्की २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । चुनाव प्रचारको क्रममा सोमबार पोखरा–३३ को मनिनाथ मन्दिरमा लागेको फागुपूर्णिमा मेलाको अवलोकन गर्दै उनले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन् । मनिनाथ मन्दिर विकास समितिका अध्यक्ष शिव बहादुर थापाले मन्दिरमा जाने बाटो, मन्दिरको भौतिक विकास, खानेपानी लगायतका समस्याहरु उम्मेदबार बास्तोला समक्ष राखेका थिए । त्यसैगरी उम्मेदवार बास्तोलाले पोखरा–३३को सहरेतरामा आयोजित चुनावी कोण सभालाई… पुरा पढौ