राजनीति

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो ।कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ ।अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर… पुरा पढौ

हुम्लामा हिमपातले यातायात सेवा अवरुद्ध, चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए । उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना,… पुरा पढौ

कास्की क्षेत्र नं. ३ मा एमालेको सुरक्षा कमाण्ड घोषणा

फागुन २१ को चुनावलाई लक्षित गरी एमालेले कास्कीको निर्वाचन क्षेत्र नं. ३ मा सुरक्षा कमाण्ड घोषणा गरेको छ । आज पोखरामा भएको भेलाले निर्वाचनलाई एमालेको पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधी नियन्त्रणका लागि पानबहादुर जिसी,नमराज केसी र मञ्जु कुवँरको कमाण्ड रहने गरी ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरिएको एमाले नेता लक्ष्मी अधिकारीले जानकारी दिईन् । कार्यक्रममा क्षेत्र नं. ३ मा पर्ने पोखराका वडा नं. १,२,५,१८,१९,२४, २५ वडाको कमाण्डको जिम्मेवारी डिल्लीराम सुवेदी, अन्य वडाको जिम्मा सुर्य भण्डारी, माछापुच्छ्रे गाउँ पालिकामा… पुरा पढौ

एमाले उम्मेदवार रश्मि आचार्यको अवधारणा– ‘सबको साथ सबको विकास’ ‘सँगसँगै’ विकास र जीवनसँग जोडिएको विकास’

कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि आचार्यले ‘सबको साथ, सबको विकास’ र ‘सँगसँगै विकास, जीवनसँग जोडिएको विकास’को अवधारणा अगाडी सारेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित मतदाता भेटघाट कार्यक्रममा पोखरा–१७ का मतदातासँग साक्षात्कार गर्दै उनले अहिलेको समयको व्यवस्थित विकासको अगुवाई गर्ने बताउँदै, समावेशी, व्यवहारिक र जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासमार्फत मात्रै देशले सही निकास पाउने धारणा राखे ।‘दिगो विकास र सन्तुलित विकास’, जनसाथ र सहभागीमा मात्रै सम्भव हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय… पुरा पढौ

सहकारी ठगहरुलाई भोट नहाल्न सहकारी बचत पीडित संघको अपिल

सन्देश श्रेष्ठपोखरा, फागुन १६ पोखरा सहकारी काण्डहरुको ईपिसेन्टर हो । यहाँ सूर्य दर्शन सहकारी, ईमेज सहकारी, बार्दली सहकारी, प्राईम सहकारी, मित्रमिलन सहकारी, पोखरा बचत तथा ऋण सहकारी, संघर्षशील बचत तथा ऋण सहकारीलगायतका आधा दर्जन सहकारीको बचत रकम हिनामिना भएको छ । यहाँ सबैभन्दा बढी सूर्य दर्शन सहकारीको १ अर्ब ५१ करोड रकम हिनामिना भएको भन्दै मुद्दा चलाइएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने, संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), पूर्व डिआईजी… पुरा पढौ

निर्वाचन आचारसंहिता उल्लङ्घनःआठ जनालाई कारबाही

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ । राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ । देशभरबाट हालसम्म एक… पुरा पढौ

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको उनले बताए । नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे । उनले भने, “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।” रासस पुरा पढौ

कास्कीमा रात्रिकालीन व्यवसाय सोमबारदेखि राति ९ बजेसम्म मात्र

प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ः०० बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो । कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ । उक्त नियम कार्यान्वयन भए÷नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको… पुरा पढौ

शेरबहादुर देउवाबाट सम्पती छानविन सुरु गर्ने सभापती थापाको उद्घोष

सन्देश श्रेष्ठ पोखरा, फागुन १५ नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पती छानविन गर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवा नेपाली कांग्रेसका निवर्तमान सभापती तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । २०४६ पछिको उच्च ओहोदामा रहेका सबैको एक, एक छानविन गर्ने बताउँदै उनले भने,‘सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पती छानविन गरिनेछ । मन्त्री भएको गगन थापाको सम्पती छानविन… पुरा पढौ

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । हालसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी नेकपा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी जसपा, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय… पुरा पढौ