राजनीति

वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएका छन्। कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राखेका हुन् । विश्वको कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उहाँले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिष्ट एकता गर्न सबै लाग्नुपर्ने… पुरा पढौ

एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी चल्दैन : महामन्त्री थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उनले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गरे । “एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले नयाँ खोजेकाले यसलाई रुपान्तरण गर्न जरुरी छ”, उनले भने । प्रजातन्त्रमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने देश कुनै नभएको उनको भनाइ छ । महामन्त्री… पुरा पढौ

हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत

असोज १६ पोखरा । अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।” लामो इतिहास बोकेर आएको पार्टीका भएकाले उनले कार्यकर्तालाई विचलित नभइ सङ्गठित रुपमा अगाडि बढ्न सुझाव दिए । नेपालमा कांग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उनको दाबी… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

असार १६ छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन् । जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए । “कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न… पुरा पढौ

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन् । नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताए । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको दाबी छ । अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारे । परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले संविधानबारे बिमति… पुरा पढौ

सरकार र राज्यप्रति जनतामा टुटेको भरोसा जागेको छ : प्रधानमन्त्री प्रचण्ड

पोखरा, असार १६ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा सरकार र राज्यप्रति पुनः आशा, भरोसा र विश्वास जागेको बताएका छन् । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले विगतमा सरकार र राज्यप्रति टुटेको आशा, भरोसा र विश्वास अहिलेको सरकारका कारण पुनः जागेको बताएका हुन् । ‘जनतामा सरकारप्रति, राज्यप्रति बिस्तारै टुटेको भरोसा फेरि प्राप्त हुँदै गएको छ’–उनले भने । जनताले अहिले सरकारले गरिरहेका काम हाम्रै लागि त हो नि भनेर बुझ्न थालेको बताउँदै उनले भने,‘सरकार, राज्यले… पुरा पढौ

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ: सभामुख

सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुन्छ भने । “समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ । संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो”, सभामुख घिमिरेले भने, “संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ । ” उनले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारे । राष्ट्रियसभाका अध्यक्ष… पुरा पढौ

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताए । पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको हो भने । उनले भने, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी… पुरा पढौ

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा

राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पोखरामा सुरु भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको सङ्घीय संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ । विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह… पुरा पढौ

अन्तर प्रदेश मुख्यमन्त्री बैठक : प्रदेश प्रहरी ऐनदेखि जग्गाको स्वामित्वसम्म माग

असार १५ पोखरा । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझापत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझापत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् । बैठक समापनको अवसरमा मुख्यमन्त्रीहरुको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई साझापत्र हस्तान्तरण गरे । मुख्यमन्त्रीहरुले प्रदेश मातहत प्रहरी नआउँदा शान्ति सुरक्षा कायम गर्न, विपद व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न तथा सुरक्षा निकायसँग समन्वय समस्या भएकाले तत्काल प्रहरी समायोजन… पुरा पढौ