राजनीति

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

असार १३ चीन । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । यस्तै चिनियाँ… पुरा पढौ

लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम फेरियो

दाङ । लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यसैगरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि, २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई… पुरा पढौ

‘मन्त्रीमुखी’ बजेटले प्रदेशभरका जनता खुसी हुन सक्दैनन्: सांसद केसी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको वार्षिक विकास पुस्तिका हेर्दा मन्त्रीको निर्वाचन क्षेत्रबाहेक अरु ठाउँका जनता खुसी हुने अवस्था नरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रतिष्ठानलगायतको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार आफ्नो धारणा राख्दै एमाले सांसद केसीले बजेट ‘मन्त्रीमुखी’ भएको टिप्पणी गरे । ‘मन्त्री ज्यूका जिल्लाको निर्वाचन क्षेत्रबाहेक अरु जिल्लाका जनता खुसी हुने अवस्था रहेन । कास्कीलगायत अन्य मन्त्री नभएका जिल्ला त हेरेको हेरै हुने अवस्था देखियो,’ उनले भने, ‘योजनाहरु मन्त्री केन्द्रीत… पुरा पढौ

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने “निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ । ” प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा. महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने। उनले आफूले लोकतन्त्र र गणतन्त्र एवम् निर्वाचन पद्धतिका लागि लामो सङ्घर्ष गरेको स्मरण समेत गरे । जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालय हुँदा सरकारको प्रभाव पर्ने हो कि… पुरा पढौ

गण्डकी प्रदेशसभा: बजेटमाथि मन्त्रालयगत छलफल

गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोगलगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो । यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक–२०८० माथि मङ्गलबारदेखि छलफल सुरु भएको थियो । मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो । मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे… पुरा पढौ

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको छेन्दुमा

पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा पुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ । उनले… पुरा पढौ

तनहुँका स्थानीय तहको प्राथमिकतामा पर्यटन क्षेत्र

तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले अग्लो झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनदेखि जलपर्यटनसम्मका योजना अगाडि सारेको छ । आँबुखैरेनी–१ समस्तीपुरमा खुदीखोलामाथि नेपालकै अग्लोमध्येको झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाले आगामी आवका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । समुन्द्र सतहबाट दुई सय ७०… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा उत्पादनका आधारमा ७० प्रतिशत अनुदान

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताए । भू–उपयोग ऐन र नियमावलीबमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू–उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ । सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ… पुरा पढौ

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक–पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।” धादिङको गजुरीमा… पुरा पढौ

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।” धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको… पुरा पढौ