राजनीति

पाँच लाखभन्दा कमका योजना सङ्घमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना बिनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अग्रीम जानकारी गराउँदा पनि सङ्घ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै रु पाँच लाख मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारे । आज नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री पाण्डेले रु पाँच लाखभन्दा मुनीका योजना एकसय भन्दा बढी रहेको भन्दै प्रभावहीन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य नहुने बताए । “प्रदेश र स्थानीय तहलाई बलियो… पुरा पढौ

वडा न.४ लाहाचोकमा अन्तरक्रिय

माछापुच्छ्रे गाउँपालिका वडा ४, वडा कार्यालयले वुधवार आ.व ०८०/८१ को योजना तर्जुमा विशेष अन्तरक्रिय कार्यक्रम गरेको छ । उक्त अवसरमा आ.व ७९/८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरि विषयगत वडा स्तरीय विज्ञ समुहको सहकार्यमा वडाको योजना अगि बडने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए । पालिकाबाट वडाका लागि गत आ.वमा ८० लाख बजेट बिनियोजन भएकोमा यस आ.वमा मात्र ५३ लाख बिनियोजन भएको बताए । कार्यक्रमका बीच नेपाली कांग्रेसका… पुरा पढौ

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव पेस

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गरेका छन् । सांसद आचार्यले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भरी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेट सन्तुलनकारी नदेखिएको, प्राकृतिक साधनस्रोतको उपयोगको नीति नलिइएको, वनलाई नागरिकको जीवन र… पुरा पढौ

मुख्यसचिवमा डा. अर्याल नियुक्त

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए । डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव रहेका थिए । बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । रासस पुरा पढौ

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस पुरा पढौ

सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन्। पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताए । उनले भने, “कतिपयले आशङ्का गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा… पुरा पढौ

महेन्द्रगुफा, चमेरेगुफा, गुप्तेश्वर गुफा, डेभिडफल्सलगायतका सार्वजनिक सम्पतीको राजश्व र भाडा महानगर मातहत ल्याउन सुझाव

पोखरा, जेठ २९ पोखरा महानगर सार्वजनिक लेखा समितिले सार्वजनिक सम्पतीको राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको २४ औं बैठकले पोखरा महानगर भित्रका सबै सार्वजनिक श्रोत, साधन र सम्पतीबाट प्राप्त हुने राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको हो । हाल महानगर भित्रका सार्वजनिक श्रोत, साधन र सम्पतीको राजश्व र भाडा विद्यालय, संस्था र समितिले छुट्टाछुट्टै संकलन गर्दै आएका छन् । पोखरा महानगरपालिका भित्र रहेको गुप्तेश्वर गुफा र डेभिडफल्स (पातलो छाँगो)को… पुरा पढौ

सार्वजनिक लेखा समितिले पोखरा महानगरलाई भन्यो : खाजा खर्च र भ्रमण खर्च कटौती गर

पोखरा, जेठ २९ पोखरा महानगर सार्वजनिक लेखा समितिले अध्ययन अवलोकन भ्रमण तथा खाना र खाजामा हुने गरेको खर्च कटौती गर्न पोखरा महानगरपालिकालाई सुझाव दिएको छ । समितिको सोमबार बसेको २४ औं बैठकले आगामी आर्थिक वर्षमा अध्ययन अवलोकन भ्रमण र खाना तथा खाजामा हुने गरेको खर्च कटौती गर्न महानगरलाई निर्देशन दिएको हो । अध्ययन अवलोकनका नाममा लाखौं, करोडौं खर्च गरेपनि त्यसको प्रतिफल नदेखिएको समितिको ठहर छ । समितिले आर्थिक मन्दिको असर देखिएकाले खर्च कटौती गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सो सुझाव दिने… पुरा पढौ

सांसदहरुको गर्जनः‘गर्मीले तराईको जनजीवन कष्टकर भयो’

काठमाडौ । सांसदहरूले तराई-मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई-मधेसका जिल्लामा गर्मीका कारण लू चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण बताए । सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्सियस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका… पुरा पढौ

भारत भ्रमण बारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा आज गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न गरेको भारतको औपचारिक भ्रमणका बारेमा राष्ट्रियसभालाई जानकारी गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्दै उनले भारत भ्रमण पूर्ण रुपमा सफल भएको र त्यसक्रममा केही महत्वपूर्ण सहमतिसमेत भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा आज गरेको सम्बोधनको पूर्णपाठ । मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले गत जेठ १७ देखि २० गतेसम्म भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी फर्केको छु । भ्रमणका अवसरमा भएका द्विपक्षीय… पुरा पढौ