राजनीति

बजेटमा असन्तुष्टि बढेपछि एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ । सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । रासस पुरा पढौ

एमाले पोखरा महानगर कमिटीद्वारा २२ बुँदे आचार संहिता पारित

पोखरा । नेकपा एमाले पोखरा महानगर कमीटीको बैठकले कार्यकर्ताले पालना गर्नुपर्ने २२ बुँदे आचार संहिता पारित गरेको छ । कमिटीको पोखरामा बसेको ११ औं पूर्ण बैठकले विभिन्न विषयमा छलफल गर्दै २२ बुँदे आचार संहिता पारित गरेको हो । बैठकले मदन भण्डारी जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल परीसर कम्तीमा २ वटा बिरुवा रोपण गर्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने,असार १४ गते मदन जयन्तीको दीनमा विशेष कार्यक्रम सन्चालन गर्ने ,विभागहरुलाई पुर्णता दिनुका साथै वडा… पुरा पढौ

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, “मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको… पुरा पढौ

राष्ट्रपतिको छातीमा पेस मेकर राखियो

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत छन् । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले… पुरा पढौ

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन् । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गरे । प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।” परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट… पुरा पढौ

पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ उभिएका छौँ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएको भए पनि तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताएका छन् । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मोर्चा स्वार्थ, सिद्धान्तहीन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उनले पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए । मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ… पुरा पढौ

जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्य राखिएको छ : अध्यक्ष यादव

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्यका साथ आफूहरु साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायतका अधिकारलाई कमजोर बनाउन प्रतिगमनका मतियारहरु लागिपरेकाले त्यसलाई असफल बनाउन अग्रगामी शक्तिहरु एकै ठाउँमा उभिनु परेको बताए । संविधानमा रहेको कमजोरीलाई सुधार गर्दै नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथै आर्थिक क्रान्तिलाई अगाडि बढाउने एवं कृषि, उद्योग, ऊर्जा, पर्यटन लगायतका… पुरा पढौ

अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् : महासचिव विप्लव

काठमाण्डौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा थुप्रै खालका सङ्कटहरु रहेको, नागरिकहरु निराशमा रहेको तथा अन्योल र आकाङ्क्षाको बीचबाट मुक्त गर्ने लक्ष्यका साथ आफूहरु एक ठाउँमा उभिएको बताएका छन् । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकताको संवर्द्धनका लागि आफूहरुले नेपालको इतिहासमा नयाँ प्रयोग गरेको र यसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरिएको बताए । मुलुकको नेतृत्व अग्रगामी, परिवर्तनकारी शक्तिले गर्ने र त्यो सम्भव रहेको महासचिव चन्दको भनाइ छ । मोर्चाले बेपत्ता… पुरा पढौ

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविच भेटवार्ता भएको छ । सोमबार विहान बालकोटमा भएको भेटवार्ता समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवाली पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतसँग भेटवार्ता गरि सकेका उनले सोमबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । भेटवार्ताका क्रममा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् । पुरा पढौ

समाजवादी मोर्चा घोषणा हुँदै

नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् । मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ । यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले समय परिवर्तन गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । मोर्चामा नेकपा(एकीकृत समाजवाद), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा… पुरा पढौ