राजनीति

काँग्रेसको आज दिउँसो ३ बजे पत्रकार सम्मेलन

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ। काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलनमार्फत काँग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिनेछन्। पुरा पढौ

आधा धर्तीलाई जनताले न्याय गर्छन्ः गुरुङ

पोखरा । एमाले नेता मिना गुरुङले चुनाव संघीयतालाई मजबुत बनाउँदै समृद्धिको जग राख्ने ऐतिहासिक अवसर भएको बताएकी छन् । उनले विगतको कार्यशैली, अवलम्बन गरेका सिद्धान्त र अहिलेका प्रतिवद्धता हेरेर जनताले आफ्ना जनप्रतिनिधि चुन्नुपर्ने उल्लेख गरिन् । तामाङ बौद्ध सेवा समिति पोखरा १३ को शनिबार भएको १३ औं साधारणसभामा उनले दलहरुले अपेक्षा अनुरुप महिलालाई प्रत्यक्षमा उम्मेदवार उठाउन नसकेको बताइन् । एमालेबाट कास्की २ खकी उम्मेदवार उनले भनिन्, ‘प्रत्यक्षमा हामी आधा धर्ती ओगट्ने महिलाले ९ प्रतिशतमा मात्र टिकट पाएका छौं । मलाई… पुरा पढौ

कास्की क्षेत्र १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा (माओवादी केन्द्र) का विनय थापा, नेकपा (एकीकृत समाजवादी) का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल… पुरा पढौ

आधा धर्तीलाई जनताले न्याय गर्छन्ः गुरुङ

पोखरा । एमाले नेता मिना गुरुङले चुनाव संघीयतालाई मजबुत बनाउँदै समृद्धिको जग राख्ने ऐतिहासिक अवसर भएको बताएकी छन् । उनले विगतको कार्यशैली, अवलम्बन गरेका सिद्धान्त र अहिलेका प्रतिवद्धता हेरेर जनताले आफ्ना जनप्रतिनिधि चुन्नुपर्ने उल्लेख गरिन् । तामाङ बौद्ध सेवा समिति पोखरा १३ को शनिबार भएको १३ औं साधारणसभामा उनले दलहरुले अपेक्षा अनुरुप महिलालाई प्रत्यक्षमा उम्मेदवार उठाउन नसकेको बताइन् । एमालेबाट कास्की २ खकी उम्मेदवार उनले भनिन्, ‘प्रत्यक्षमा हामी आधा धर्ती ओगट्ने महिलाले ९ प्रतिशतमा मात्र टिकट पाएका छौं । मलाई… पुरा पढौ

हाप्किडोलाई राष्ट्रिय खेलमा सहभागी नगराउनु दुखद् ः पर्यटनमन्त्री शर्मा

जुना थापा३० असोज, पोखरा ।गण्डकी प्रदेशका पर्यटनमन्त्री माननीय मणिभद्र शर्माले पोखरा रंगशालामा भइरहेको नवौँ राष्ट्रिय खेलकुदमा मार्सल आर्टस्अन्तर्गतको हाप्किडोलाई प्रदर्शन तथा प्रतियोगितामा स्थान नदिइनु दुखद भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको नेपाल हाप्किडो संघको हाप्किडो खेल प्रदर्शनी, राष्ट्रिय प्रशिक्षक लिडरसिप तथा रेफ्री सेमिनार कार्यक्रममा बोल्दै मन्त्री शर्माले हाप्किडोलाई राज्यले अन्य खेल सरह हेर्न नसक्नु दुखपूर्ण भएको बताउँदै यस्तो कार्य खेलकुदका लागि असल अभ्यास नभएको बताए । खेलकुदका गतिविधिले पनि नेपालको पर्यटनमा टेवा पुर्याएको भन्दै मार्सल आर्टअन्तर्गतको हाप्किडो खेललाई… पुरा पढौ

सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिदैं

सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिदैंछन्। सत्तारुढ गठबन्धनले काठमाडौँमा आज (आइतबार) प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो। काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। उनका अनुसार काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिने कार्यक्रम छ। कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ। पुरा पढौ

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

सर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेण्डा’ अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आम गुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताले विकास र समृद्धिलाई नै प्रमुख एजेण्डा बनाएका छन् । सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा नेकपा (एमाले) ले… पुरा पढौ

निर्वाचनमा सक्रिय सहभागिता आवश्यक: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आउँदो मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। धार्मिकरुपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिबार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। ‘लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक छ,’ उनले भने। नेपाली जनताले राजतन्त्र फालेर संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने… पुरा पढौ

माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनःनिर्माण गरिएको गोरखा दरबारको अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उनले आज बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए । उनले गोरखाको… पुरा पढौ

मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता… पुरा पढौ