राजनीति

संविधानको रक्षाका लागि तालमेल आवश्यक नेता कोइराला

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए । उनले भने, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमेलमा… पुरा पढौ

सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार– मन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताएका छन् । यही साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले भने, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु ।” उनले सरकार व्यक्तिको स्वतन्त्रता… पुरा पढौ

पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज उनले भने, “जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ ।” गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा… पुरा पढौ

छैटौँ प्रतिनिधिसभाका लागि मङ्सिर ४ गते निर्वाचन

काठमाडौँ । नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी बिहीबार मिति तोेकेको छ । यस निर्वाचनमार्फत नेपालमा छैटौँ प्रतिनिधिसभाको गठन हुनेछ । नेपालको संविधानअनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम निर्वाचित हुने १६५ सदस्य र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० प्रतिनिधि सभा गठन हुन्छ । यसैगरी सातै प्रदेशमा संविधानले व्यवस्था गरेअनुरुप प्रतिनिधिसभाको निर्वाचनसँगै प्रदेशसभाका लागि… पुरा पढौ

चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,… पुरा पढौ

मतदाता नामावली सङ्कलन कार्य स्थगित

बैतडी । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएकोे छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली सङ्कलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुयालले बताए । मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्क अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका… पुरा पढौ

कास्कीमा आठ हजार मतदाता थपिए

गण्डकी । कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उनले बताए । जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब… पुरा पढौ

नेकपा (एस) द्वारा आगामी मङ्सिर ४ गते हुने निर्वाचनको स्वागत

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको उक्त बैठकले निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । देशभर निर्वाचनको प्रचार गर्न पार्टीका सबै सङ्गठनलाई बैठकले निर्देशन दिएको छ । सम्पूर्ण नागरिकलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते… पुरा पढौ

निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ : उपाध्यक्ष नेम्वाङ

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको… पुरा पढौ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते

काठमाण्डौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । पुरा पढौ