पोखरा ट्रेड मलमा जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ ७।

पोखरा ट्रेड मलको दोस्रो तलामा महिलालाई लक्षित गरी जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा आएका छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै जिजी पोखरामा चिनियाँ ब्रान्डका फेसनेबल पहिरन तथा बीपी एथेनिक वेयरमा भारतका ब्रान्डेड कुर्था–सुरुवाल र एथेनिक पोसाक उपलब्ध गराइएको छ।

दुवै पसलको आइतबार एक समारोहबीच कल्पु कलेक्सन चितवनकी सञ्चालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल र समाजसेवी शान्ति गिरीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे।

उद्घाटन अवसरमा दुवै पसलले ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेका छन्। जिजी पोखराले रोजाइका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ भने बीपी एथेनिक वेयरले भदौ ७ देखि १५ गतेसम्म २५ प्रतिशतसम्म छुट दिने जनाएको छ।   उद्घाटन कार्यक्रममा कल्पना पौडेलले पोखरा ट्रेड मलमा सञ्चालनमा आएका दुवै फेसन स्टोर युवती तथा महिलाका लागि आकर्षणको केन्द्र बन्ने बताइन्। उनले चिनियाँ तथा भारतीय ब्रान्डका फेसनेबल र गुणस्तरीय पहिरन खोज्ने ग्राहकलाई नयाँ पसलमा पुगेर सेवा लिन आग्रह गरिन्।

जिजी पोखराले विशेषगरी फेमिनिन, एलिगेन्ट तथा टाइमलेस फेसन मन पराउने युवती तथा महिलालाई लक्षित गर्दै विभिन्न डिजाइनका पहिरन तथा फेसन सामग्री उपलब्ध गराउँदै आएको सञ्चालक जीवन पुरीले बताए। युरोपेली तथा फ्रेन्च फेसनबाट प्रेरित आधुनिक शैलीलाई नेपाली महिलाको रुचि, आवश्यकता र जीवनशैलीअनुसार प्रस्तुत गर्ने उद्देश्यले जिजी सञ्चालनमा ल्याइएको उनले बताए।

पुरीका अनुसार जिजी केही समयदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको थियो। आइतबार भने विशेष समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको हो। तीजलाई लक्षित गर्दै चिनियाँ ब्रान्डका चर्चित तथा फेसनेबल पहिरनको नयाँ कलेक्सनसमेत पोखरामा भित्र्याइएको उनले बताए। “पोखरामा महिलाहरूका लागि नयाँ शैली र गुणस्तरीय फेसनको छुट्टै गन्तव्य बनाउने हाम्रो उद्देश्य हो,” उनले भने, “ग्राहकले आफूलाई मन परेको पहिरन रोज्न मात्र नभई सहज र व्यक्तिगत बुटिक सपिङको अनुभवसमेत प्राप्त गर्न सकून् भन्ने हाम्रो प्रयास छ।”

यस्तै, बीपी एथेनिक वेयरले भारतका प्रतिष्ठित उत्पादन कम्पनीहरूसँग प्रत्यक्ष सम्पर्क गरी आयात गरिएका ब्रान्डेड तथा गुणस्तरीय कुर्था–सुरुवाल, एथेनिक वेयर तथा नयाँ डिजाइनका पोसाक उपलब्ध गराउने सञ्चालक विपासा पुरीले बताइन्।

परम्परागत पहिरनसँगै आधुनिक फेसनको संयोजन खोज्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न डिजाइन, रंग र शैलीका पोसाक भित्र्याइएको युवा व्यवसायी सन्तोष पुरीले बताए। चाडपर्व तथा विशेष अवसरका लागि आवश्यक पहिरनलाई ध्यानमा राखेर नयाँ तथा आकर्षक डिजाइनका सामग्री उपलब्ध गराइएको उनले बताए।

बजारमा गुणस्तरहीन तथा नक्कली सामानको जोखिम बढिरहेका बेला बीपी एथेनिक वेयरले आधिकारिक ब्रान्डेड तथा गुणस्तरीय सामान मात्र बिक्री–वितरण गर्ने प्रतिबद्धता जनाएको छ। ग्राहकले खरिद गर्ने सामानको गुणस्तरप्रति विश्वस्त हुन सकून् भन्ने उद्देश्यले आधिकारिक स्रोतबाट आयात गरिएका सामग्रीलाई प्राथमिकता दिइएको सञ्चालक विपासा पुरीले बताइन्।

दुवै स्टोरले उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेका छन्। जिजी पोखराले उद्घाटन विशेषअन्तर्गत रोजाइका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ। बीपी एथेनिक वेयरले पनि भदौ ७ देखि १५ गतेसम्म २५ प्रतिशतसम्म छुट दिने जनाएको छ।

तीज नजिकिँदै गर्दा नयाँ तथा आकर्षक पहिरनको खोजीमा रहेका महिलाका लागि पोखरा ट्रेड मलमा सञ्चालनमा आएका यी दुई फेसन स्टोर नयाँ विकल्प बन्ने सञ्चालकहरूले बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।