राजनीति

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।रासस पुरा पढौ

सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

काठमाण्डौं । सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव दिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । निर्वाचनको मितिका बारेमा बैठकमा छलफल नभएको उहाँले बताउनुभयो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए । “बैठकले सरकारलाई निर्वाचन घोषणा गर भन्ने सुझाव दियो”, अध्यक्ष… पुरा पढौ

माओबादीलाई कमजोर बनाउने षडयन्त्र भई रहेको छः केन्द्रिय सदस्य बराल

पोखरा । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले माओबादीलाई कमजोर पार्ने षडयन्त्र भएको बताए । नेकपा माओबादी पोखरा २५ को पार्टी प्रबेश कार्यक्रममा बुधबार सम्बोधन गर्दै मन्त्री बरालले अझै पनि पार्टीलाई कमजोर पार्ने षडयन्त्र देश भित्र र बाहिरबाट भई रहेको बताएका हुन्। देश भित्र र बाहिरबाट माओबादी माथि आक्रमण गरी पार्टी अध्यक्ष प्रचण्डलाई समेत कमजोर पार्ने षडयन्त्र बिरुद्ध एक हुनुपर्ने समय आएको सदस्य बरालको भनाई छ । सुकुम्बासी, दलित, महिला, जनजातिको हकअधिकारको… पुरा पढौ

पोखरामा बसको ठक्करबाट एकको मृत्यू

पोखरा, साउन १८ पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यू भएको छ । पोखरा सभागृहचोकमा आज विहान ग.१ ख.३८२५ नम्बरको बसले ठक्कर दिदा एक बृद्धको मृत्यू भएको हो । मृत्यू हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई पोखरा लेकसाईडमा बस्दै आएका ७५ वर्षिया बृद्धा सुनमाया तिलिजाको मृत्यू भएको हो । बसको ठक्करबाट गम्भीर घाईते भएका तिलिजालाई तत्कालै उद्धार गरेर उपचारका लागि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पताल लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यू भएको कास्की प्रहरीले… पुरा पढौ

राअविको कामलाई प्रभावकारी बनाउन सांसदको सुझाव

काठमाडौँ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सो छलफलमा भाग लिँदै विधायकहरुले राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र र जिम्मेवारीको पाटोलाई ख्याल गरी त्यहाँ कार्यरत जनशक्तिले गोपनीयता कायम गर्नुपर्ने पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । विभागलाई प्रभावकारी तुल्याउन गृह मन्त्रालय मातहत राख्न विधायकहरुले सो अवसरमा सुझाव दिएका छन । समिति सदस्य गगनकुमार थापाले विभिन्न सुरक्षा निकायमध्ये राष्ट्रिय अनुसन्धान विभाग… पुरा पढौ

मन्त्री कार्कीसहितको टोलीद्वारा बाँध फुटेको क्षेत्रको स्थलगत अनुगमन

इनरुवा । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ । अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख सहभागी रहनुभएको छ । अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोसी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप… पुरा पढौ

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।रासस पुरा पढौ

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी अन्टेनिनले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । पुरा पढौ

गण्डकीको एमालेले भन्छ, ‘सरकारविरुद्ध आन्दोलनको विकल्प छैन’

नेकपा एमाले गण्डकी प्रदेशले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार र महँगीले नागरिकको दैनिकी कष्टकर बनेको भन्दै एमालेले एमाले चुप लागेर नबस्ने चेतावनी दिएको हो । एमालेले भ्रष्ट्राचार, महँगी, एमसीसी सम्झौता, एसपीपी, नागरिकता विधेयक, बजेटमा भएको नीतिगत भ्रष्ट्राचार, गण्डकी प्रदेश सरकारको बजेट दुरुपयोग र करका दरमा भएको वृद्धि जस्ता क्रियाकलापका विरुद्ध आन्दोलन गर्ने बताएको छ । मंगलबार विज्ञप्ति जारी गरी मातहतका पार्टी कमिटी र संगठनलाई आन्दोलनमा सहभागी गराउन आह्वान गरेको छ । ‘जनविरोधी सरकारले जनता माथि गरेको यस्तो… पुरा पढौ

जनतालाई चुस्त सेवा दिन मन्त्री र सचिवलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उनले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन । “तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्”, प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, “जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।” उनले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा… पुरा पढौ