राजनीति

प्रतिनिधिसभाको रिक्त उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

काठमाण्डौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ । नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका थिए । सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची… पुरा पढौ

गृह प्रशासनमा आधुनिक प्रविधिको प्रयोगदेखि आपराध नियन्त्रणका नयाँ योजनासम्म

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको ठिक एक वर्ष पूरा भएको छ । सरकारले एक वर्षमा विगतमा अपनाइएका राम्रा कार्ययोजनालाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ नीति, योजना तयार पारी लागू गरेको छ । सरकारले गृहप्रशासन सुधार गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न तथा अपराधका नयाँ शैलीका चुनौती सामना गर्न प्रविधिको प्रयोग र दक्ष सुरक्षा जनशक्तिको विकासमा जोड दिएको छ ।गृहमन्त्री बालकृष्ण खाणले गृहप्रशासन सुधारदेखि अपराध नियन्त्रणसम्म आधुनिक प्रविधिको प्रयोग बढाउँदै नयाँनयाँ आपराधिक चुनौती सामनाका… पुरा पढौ

उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

काठमाडौँ । रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका थिए । सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने… पुरा पढौ

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गरेका छन। राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो । ––– पुरा पढौ

नागरिकता विधेयक अघि बढ्यो

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ पेस गरेका हुन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दर्ता गराएका विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री खाणले नागरिकता ऐन संशोधन विधेयक पेस गरेका हुन । विधेयकको विरोध गर्नुपर्ने कारणबारे बोल्दै सांसद रावलले राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन… पुरा पढौ

उपसभामुख पदको निर्वाचन असार ३१ गते तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिनुहुँदै प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तत्काल उपसभामुखको निर्वाचन कार्यातालिका प्रकाशित गर्न निर्देशन दिएका छन्। यही असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका सचिवसमक्ष सो प्रस्तावको सूचना दर्ता… पुरा पढौ

बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे

बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त… पुरा पढौ

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र राष्ट्रपति विद्यादेवी भण्डारी बिच आज शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटवार्ता भएको हो । रासस पुरा पढौ

प्रतिनिधिसभा बैठक- स्वास्थ्य उपचार नपाएकोमा चिन्ता व्यक्त

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकोमा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गरेका हुन् । उनले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताए । उनले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे । रासस पुरा पढौ

उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिए । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।रासस पुरा पढौ