राजनीति

एमाले अध्यक्ष ओली र सिपिसीका प्रमुख लिउबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । नेपाल र चीनले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बारेमा छलफल भएको भन्दै विदेश विभाग प्रमुख भट्टराईले चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताए । नेपाल चीनका लागि एक… पुरा पढौ

कृषकको पाखोबारीमै पुगे मेयर आचार्य

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेला समेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे । आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेति गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै… पुरा पढौ

मानवस्रोत नीति सरकारले बनाउनुपर्छ ः सांसद डा राई

काठमाडौँ । सांसद डा विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसङ्ख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसङ्ख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा ध्यानाकर्षण गराउँदै मानव स्रोत योजना नामक छुटै मन्त्रालय बनाउन जरुरी भएको बताएका हुन । जनसङ्ख्या बढ्यो भनेर दुःख मान्ने विषय नभएको उल्लेख गर्दै उनले जनसङ्ख्या हुनु देशका लागि अवसरको विषय भएको र जनसङ्ख्याको उपयोग गर्नका लागि सरकारको नीति… पुरा पढौ

गण्डकी प्रदेशले बुधबार सार्वजनिक बिदा दिने

कास्की । गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो । गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले निकालेको सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने उल्लेख गरिएको छ । यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत्र १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले गएको चैत्र १८ गते निर्णय गरेको सूचनामा… पुरा पढौ

राष्ट्रियसभाः सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

काठमाडौँ । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए ।रासस पुरा पढौ

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको बताए । तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै… पुरा पढौ

अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

चितवन । चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेटेको छ । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटमा सहभागी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । यसअघि चितवनको टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाललाई… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत भोल्क बीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क बीच भेटवार्ता भएको छ । सोमबार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टेलिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे । गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अस्टे«लियाको सहयोग आफूहरूका लागि अपेक्षित रहेको उनको भनाइ थियो । नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिकसम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए ।… पुरा पढौ

राष्ट्रियसभा बैठकः ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’

सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ । गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनुभएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन । तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म… पुरा पढौ

सरकारको एक वर्षः संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता हासिल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ । दुई–दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै विभिन्न राजनीतिक दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार भएका थिए । सोही परिवेशमा गत असार २९ गते गठन भएको वर्तमान सरकारले एक वर्षमा केही महत्वपूर्ण काम… पुरा पढौ