राजनीति

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अवरोध चिर्दै दुम्कीवास त्रिवेणी सडक खण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताएका छन् । शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको सुनाए । संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो । डिपिआरको काम अब सुरु भइहाल्ने… पुरा पढौ

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे । “विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु”, मन्त्री खतिवडाले भने । नेपालको पूर्वाधार विकास,… पुरा पढौ

सत्ता गठबन्धनका पाँच दलको बैठक निष्कर्ष विहिन, भोलि फेरि बैठक बस्ने

काठमाण्डौं । सत्ता गठबन्धनका पाँच दलको बैठक निष्कर्ष विहिन टुङ्गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टा चलेको बैठकमा नेताहरुले एमसीसीका विषयमा आफ्नो अडान कायमै राखेका कारण निष्कर्षमा पुग्न नसकेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘आज झन्डै तीन घण्टा चलेको बैठकमा नेताहरूको एमसीसीका बारेमा आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि गठबन्धन बचाउनुपर्छ भन्नेमा सबैले जोड दिनुभएको छ’, मल्लले भने । गठबन्धनका शीर्ष नेताहरूको अर्काे बैठक भोलि शुक्रवार बिहान ९ बजेका… पुरा पढौ

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए । “कांग्रेसे एक्लै लड्छाँै भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन”, उनले भने, “एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।” कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । “समावेशीताका… पुरा पढौ

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त, साना लगानीकर्ताको हितमा लाग्ने प्रतिबद्धता

काठमाण्डौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो । हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्रसमेत पाउने बताए । उनले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताए । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उनले उल्लेख गरे । नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि… पुरा पढौ

चैते धानको बिक्री गर्ने जिम्मा सरकारले लिनैपर्छः मन्त्री बराल

नवलपुर ५, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले किसानले उत्पादन गरेको चैते धान बिक्रिको जिम्मा सरकारले लिनु पर्ने बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहीबार नवलपुरको कावासोतीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् । छलफलको क्रममा नवलपुरमा किसानले उत्पादन गरेको चैते धान बिक्रि गर्ने मुख्य समस्या भएको कुरा सार्वजनिक भएसंगै मन्त्री बरालले किसानले दुःख, सुख गरेर उत्पादन गरेको धानको बिक्रि वितरण गर्ने जिम्मा सरकारले… पुरा पढौ

कांग्रेस केन्द्रिय सदस्य गुरु बराल भन्छन् : एमसिसी राष्ट्र हितमा छ

पोखरा फागुन ५ । नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु बरालले एमसिसि र विआर आई जस्ता बैदेशिक सहयोग राष्ट्र हितमा रहेको बताएका छन । एमसिसि सहयोग नेपालले लिन असयोग गरेमा नेपालमा उत्पादन गरेको विद्युत अबको पाँच बर्षमा खोलामा फाल्नु पर्ने अवस्था आउन्न सक्ने कुराको संकेत गर्दै बरालले नेपाल जस्तो विकास उन्मुख राष्ट्रले एमसिसि सहयोग लिनु पर्ने कुरामा जोड दिए । नेपाली काग्रेस पोखरा महानगर पालिका ६ ले बुधबार अयोजना गरेको चार नम्बर टोल कार्यसमिति गठन सहिति जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटनमा… पुरा पढौ

फागुन ७ गते पोखरामा राप्रपाको आमसभा, अध्यक्ष लिंग्देनसहितको शीर्ष नेताहरुले सम्बोधन गर्ने

पोखरा, फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरामा बृहद आमसभा गर्ने भएको छ । राप्रपा कास्कीको आयोजनामा पोखरामा यहि फागुन ७ गते शनिबार बृहद आमसभा हुने भएको हो । पोखराको चिप्लेढुंगामा बृहद आमसभा गर्ने तयारी गरेको राप्रपा कास्कीले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बृहद आमसभा अघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । पृथ्वीचोकबाट निस्केको ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानवअधिकार चोकमा आएर आमसभामा परिणत हुने उनले जानकारी दिए । पोखरामा हुने आमसभालाई… पुरा पढौ

१६ जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते

काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो । यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो । उल्लेखित… पुरा पढौ

गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

काठमाण्डौं । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । उनीहरुविच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा… पुरा पढौ