नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने नेपाली काँग्रेसले जनाएको छ। बैठकमा विशेषगरी म्याद सकिएका काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुनेछ। यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिको बैठक गएको माघ २८ गतेदेखि जारी छ। यसअघि, गएको आइतबार बसेको बैठक आज पुनः बस्ने गरी सकिएको थियो। उक्त बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए।
पुरा पढौ