राजनीति

‘एमसिसी अमेरिकी साम्राज्यवाद होइन,विकास परियोजना हो’:वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारे । वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो । एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै… पुरा पढौ

आजै कार्यव्यवस्था परामर्श समितिको पनि बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक आज (बिहीबार) बस्दैछ। आजका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यो भन्दा अघि सभामुख सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन्। बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ। पुरा पढौ

आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची छ

प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यसूची छ। संसद् सचिवालयले जारी गरेको बैठकको संभावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो। पुरा पढौ

त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

त्रिवेणी (नवलपुर), ११ फागुन । माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात् १७ गते ३ मन्त्रीसँग भेटघाट गरे । भेटघाटको उद्देश्य थियो, प्रदेशले प्राथमिकतमा राखेका तर अगाडि बढ्न नसकेका योजनाको गाँठो फुकाउने ।मन्त्रीमात्र होइन उनी सचिवको कार्यकक्षमा समेत पुगे । भाषणमा धेरैपटक भनिएको, नागरिकलाई धेरैपटक आश्वासन बाँडिएको दुम्कीवास त्रिवेणी सडक खण्डको ट्रयाक अब जसरी पनि… पुरा पढौ

सूचनाको हक अस्पतालदेखि आमा समूहसम्म लागु हुने

पोखरा, फागुन ११ गण्डकी प्रदेशमा नीजि क्षेत्रहरुमा पनि सूचनाको हक लागु हुने भएको छ । गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान राखिएको हो । यसअघी सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो । गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले आगामी गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनमा पेश गर्ने तयारी गरेर विधेयकको मस्यौदा बनाएको छ । मस्यौदामा मन्त्रालयले बुधबार… पुरा पढौ

एमसिसीको विषयमा दोहोरो भूमिका नखेलौ :मन्त्री झाँक्री

चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएका छन् । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएका हुन्। सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो । सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसिसी गलत भए आँफुहरु ब्याक हुने बताए । आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू… पुरा पढौ

बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

काठमाडौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हँुदैछ । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको… पुरा पढौ

जिल्लामा स्थानीय तह निर्वाचन तयारी तीव्र

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । कार्यालयले दुई लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष छन् । उनका अनुसार विगत… पुरा पढौ

गृहमन्त्रीद्धारा माओवादी केन्द्र र एमालेका शिर्ष नेताहरुसंग भेटवार्ता

काठमाडौ । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटका अवसरमा उनिहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत… पुरा पढौ

पहाडको विकासका लागि प्रदेश सरकार अग्रसर छ: मुख्यमन्त्री पोखरेल

डेढगाउँ । प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो । १० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा पनि पोखरासँग नजिक थिए । प्रदेश मात्र होइन मुलुककै कान्छो जिल्ला नवलपुर भने भौगोलिक र भावनात्मक रुपमै पोखराबाट अलि परकोजस्तो भयो । जसको कारण थियो सडक मार्गको पहुँच । त्यसो त सरकारले कोरला त्रिवेणी सडकलाई प्रदेशकै ‘लाइफलाइन’ मानेको छ । यो सडक प्रदेश गौरवको आयोजना… पुरा पढौ