राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट एमाले उम्मेदवार छनोट

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकीबाट ३ जना उम्मेदवारले उम्मेदवारी दिने भएका छन्। कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपालीलाई एमालेले निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो। माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ। सोमबार बसेको एमाले सचिवालयको बैठकले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो । सचिवालयले सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुंगो लगाएको हो । गण्डकीमा एक… पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज बिहान १० बजेदेखि मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) बिहान १० बजेदेखि उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिकाअनुसार राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। आयोगले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने सम्बन्धमा सबै तयारी गरिसकिएको जनाएको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरि सक्नुपर्ने निर्वाचन तालिका छ। निर्वाचन भने माघ १२ मा हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दलहरूले भाग लिदैँछन्।… पुरा पढौ

‘प्रचण्ड’कै नेतृत्वमा माओवादी केन्द्र

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) राजनीति चल्ने भएको छ। हालैमात्र सम्पन्न पार्टीको ८ औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको बैठकले ‘प्रचण्ड’ लाई पार्टीको सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए। केन्द्रीय कमिटीले प्रचण्डलाई अध्यक्ष चुनेसँगै पार्टीको महाधिवेशन पनि सकिएको छ। महाधिवेशनपछि ललितपुरको सानेपास्थित हेरिटेज होटलमा बसेको पहिलो बैठकले पार्टीको अध्यक्ष लगायत अन्य पदाधिकारीको पनि टुंगो लगाउने अनुमान लगाइएको थियो। तर, अध्यक्षको पदमा मात्र सर्वसम्मत निर्णय गरेर अन्य पदाधिकारीको टुंगो पुस २५… पुरा पढौ

आज काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(सोमबार) बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको काँग्रेस पार्टी कार्यालयले जनाएको छ। गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो। पुरा पढौ

माओवादी केन्द्रको २ सय ३६ केन्द्रीय सदस्य चयन

नेकपा माओवादी केन्द्रले २ सय ३६ केन्द्रीय सदस्यको चयन गरेको छ। माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २ सय ३६ केन्द्रीय सदस्यको चयन गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको समानुपातिकतर्फको १२५ र खुलातर्फ १११ जना गरी कूल २ सय ३६ केन्द्रीय सदस्यहरूको नामावली बन्द सत्रबाट पारित गरेको थियो। विभिन्न क्लस्टर मिलाएर २३६ जनाको नाम आइतबार घोषणा गरिए पनि बाँकी ६३ केन्द्रीय सदस्य चयन गर्न भने बाँकी छ। महाधिवेशनबाट चयन हुने… पुरा पढौ

आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक आज (आइतबार) बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ। बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी हुने र संसद बैठक संचालन सम्बन्धमा पुरानै माग राख्ने एमाले श्रोतले बताएको छ। कार्यव्यवस्था परामर्श समिति बैठकले संसद् बैठकको कार्यसूचीलगायत विषय तय गर्ने गर्छ। पुरा पढौ

देउवाले मनोनीत गरे रामचन्द्र पौडेलसहित १० जना काँग्रेसका केन्द्रीय सदस्य

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित बनेका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्। सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण महत, उपसभापतिको उम्मेदवार भएर पराजित भएकी सुजाता कोइराला र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएकी उमा रेग्मीलाई देउवाले मनोनित गरेका छन्। यस्तै, उम्मेदवार नै नबनेका रामचन्द्र पौडेल,… पुरा पढौ

माओवादी महाधिवेशनः निर्वाचन कार्यतालिकामा फेरबदल

नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिँजो (शनिबार) का सबै कार्यक्रम स्थगन गरेको थियो। सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ । संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ। उम्मेदवारको विरोधमा उजुरी दिने समय… पुरा पढौ

माओवादी महाधिवेशन : आज नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ८ औं राष्ट्रिय महाधिवेशन जारी छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएपनि विधान मस्यौदा पारित भएको छैन। सो विधान मस्यौदा पारित भएपछि मात्रै आज (शनिबार) नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको हो। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ। हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्। अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की जस्तै… पुरा पढौ

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेशकुमारको उमेद्वारी घोषणा

सुरेशकुमार श्रेष्ठले आसन्न नेपाल निजामति कर्मचारी युनियन कास्कीको आगामी नेतृत्वका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। पुसको २३ गते हुन गइरहेको युनियनको ८ औं जिल्ला अधिवेशनमार्फत युनियनमा युनियनको अध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गर्दै श्रेष्ठले चुनावी प्रचार प्रसारको थालनी समेत गरेका छन्। युनियनभित्र रुपान्तरण र पुस्तान्तरणसँगै युवा तथा सृजनशील जुझारु नेतृत्वका लागि अध्यक्ष पदमा आफ्नो उमेद्वारी रहेको श्रेष्ठले दाबी गरेका छन्। उनले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उमेदवारी र चुनावी प्रचार, प्रसार थालेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘निजामति… पुरा पढौ