समाज

मुस्ताङका उम्मेदवार गुनासो,‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । मुस्ताङका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाखरजेठ र कात्तिक÷मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक र मङ्सिर महिनामा बेसी झरेर चैतरवैशाख महिनामा गर्मी सुरु भएपछि उकालो उक्लिने परम्परा… पुरा पढौ

कास्की अदालत परिसरमा निःशुल्क आँखा शिविर,२१५ जना लाभान्वित

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप उपचारका लागि हिमालय आँखा अस्पताल ‘रिफर’ गरिएको थियो । शिविरको जिल्ला अदालत कास्कीका प्रमुख न्यायधीश हिमलाल वेलबासेले शुभारम्भ गरेका थिए । अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुभाष नेपालले शिविरमा उच्च अदालत र जिल्ला अदालतमा सेवारत र नेपाल बार कास्कीमा आवद्ध… पुरा पढौ

नेकपाका उम्मेदवार राजकाजी : सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पोखरा, माघ १८ कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर… पुरा पढौ

मादीको चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला हुने

कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लवको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लवका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘चिप्ली गाउँमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३८ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन,खेलकुद र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका… पुरा पढौ

मतदाता खोज्दै म्याग्दीका उम्मेदवारहरू पोखरामा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।” अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न… पुरा पढौ

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वतको प्रदेश अस्पताल चरम सङ्कटमा

लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डीराज पौडेलले जानकारी दिए । अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले… पुरा पढौ

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

पोखरा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, पोखरा महानगरपालिका वडा नं ८ मा आयोजित साधारण सभा सञ्जालकी अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख अतिथि र वडा नं ८ का वडा अध्यक्षको विशेष उपस्थिति रहेको थियो। साधारण सभामा कास्की जिल्लाभरका करिब ४५० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साधारण सभाका अवसरमा सञ्जालको कार्यसमितिमा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट… पुरा पढौ

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार… पुरा पढौ

तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती

सन्देश श्रेष्ठपोखरा, माघ १६ स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए । पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति… पुरा पढौ

पोखरामा आज तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ हुँदै

सन्देश श्रेष्ठपोखरा, माघ १६ पोखरामा आज तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ–२०८२ आयोजना हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा पोखरामा आज तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझको चौथो संस्करण हुन लागेको हो । स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर पोखरा ईभेन्ट सेन्टरमा गरिने कार्यक्रम अपराह्न ४ बजे शुरु हुनेछ । स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ १० गते स्मृति दिवस… पुरा पढौ