समाज

जोगिमणीबाट भरुवा बन्दुक बरामद

प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६, जोगिमणीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरीको गस्ति टोलीले बुधबार दिउँसो सडक छेउमा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गस्ति गर्ने क्रममा जोगिमणी पुगेको टोलीले बेवारिसे अवस्थमा रहेको एकनाले भरुवा बन्दुक फेला पारेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले बताए । सो विषयमा प्रहरीले थप अनुसन्धान गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको जनाएको छ। पुरा पढौ

कास्की प्रहरीद्वारा ‘अप्रेशन सभ्यता’ संचालन, २१ जना व्यक्तिसहित २७ सवारी साधन नियन्त्रणमा

कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी पोखरामा ‘अप्रेशन सभ्यता’ नामक अभियान संचालन गरेको छ । आम नागरिक तथा पर्यटकको सुरक्षाका लागि यस्तो अभियान संचालन गरेको कास्की प्रहरीले जनाएको छ । पर्यटकीय क्षेत्र लेकसाईडमा पछिल्लो समय झै झगडा, आपसी विवाद, पर्यटकलाई अनावश्यक झमेला दिने तथा दुर्व्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने प्रवृति बढेकाले त्यसलाई रोक्न अभियान सक्रिय हुने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिए । अभियान अन्र्तगत गएराती देखि आज बिहानसम्म लेकसाईड क्षेत्रमा गरिएको अप्रेशनका क्रममा २१… पुरा पढौ

स्टार्टअप समिट : ‘जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने प्रयास’

पोखरा, कात्तिक १८व्यवसाय गर्ने सोच छ, तर कहाँबाट सुरु गर्ने ? लगानी कसरी जुटाउने ? बैंकले ऋण दिन्छ कि दिँदैन ? व्यवसाय सुरु गरेपछि बजार पाइएला कि नपाइएला ? लगानी डुब्यो भने के गर्ने ? यस्तै अन्योलले धेरै युवालाई उद्यमशीलतामा प्रवेश गर्नबाट रोकिरहेको छ। स्वदेशमै केही गर्ने सोच हुँदाहुँदै पनि लगानी, अनुभव, बजार र उचित मार्गदर्शनको अभावमा उनीहरू विदेशिने बाटो रोज्न बाध्य छन्।यही अन्योल चिर्दै युवालाई जागिर खोज्ने होइन, अरूलाई समेत रोजगारी दिने उद्यमी बनाउने उद्देश्यले पोखरामा बुधबार ‘स्टार्टअप नेपाल… पुरा पढौ

पोखराको बास्कोटमा शहरी स्वास्थ्य केन्द्र संचालनमा,स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महानगर प्रतिबद्ध छ: प्रमुख आचार्य

पोखरा महानगरपालिका वडा नं. २४ बास्कोटमा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । सो केन्द्रको बुधबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । केन्द्रको उद्घाटन गर्दै उनले स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । नगर प्रमुख आचार्यले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु महानगरपालिकाको प्रमुख दायित्व भएको स्पष्ट पारे । उनले भने, “नागरिकको स्वास्थ्य प्रवर्द्धन र सुरक्षाका लागि पोखरा महानगरपालिका प्रतिबद्ध छ… पुरा पढौ

डा केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा डा गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन् । मन्त्रालयले डा केसीले राख्नुभएका मागहरूप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनशनरत पक्षलाई… पुरा पढौ

चलचित्र ‘पाँच पाण्डव’ले पायो, ‘युनिभर्सल सर्टिफिकेट’,कार्तिक २० गतेदेखि प्रदर्शनमा आउँने

चलचित्र ‘पाँच पाण्डव’ले सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी परे पनि बोर्डले भने फिल्मलाई कुनै रोकटोक नगरी प्रदर्शन अनुमति दिएको निर्माण पक्षले जनाएको छ । बोर्डले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको हो । यससँगै फिल्म प्रदर्शनको बाटो खुलेको छ ।महाभारतका पात्रलाई बिम्बका रूपमा प्रस्तुत गरिएको फिल्म ‘पाँच पाण्डव’ कार्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । तर, प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मका केही दृश्य र… पुरा पढौ

प्रहरी महानिरिक्षक दानबहादुर कार्की बर्खास्त, महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा डा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम यही कात्तिक १८ गतेदेखि लागू हुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा जिम्मेवारी दिएको छ । मन्त्री पोखरेलका अनुसार बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका… पुरा पढौ

जनताले राखेका अपेक्षा पुरा गर्न सरकार गम्भीर बन्नुपर्छ: राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारप्रति शून्य सहनशीलता र कानुनको शासन नै सुशासनको आधार भएको बताएका छन् । दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सुशासनका लागि सार्वजनिक स्रोतसाधनको सदुपयोग गर्दै, नैतिक आचरणको अवलम्बन नै सुशासनको आधार भएको बताएका हुन् । उनले भने, “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो ।” राष्ट्रपति पौडेलले तीनै तहका सरकार… पुरा पढौ

ताईवान बस्ने नेपालीहरुद्वारा भोटेकोशी बाढिपीडितलाई ३२ लाख बढी सहयोग

नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडित राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंकखातामा जम्मा गरेको थियो । मन्त्रालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले चेक हस्तान्तरण गरे । संघले ३२ लाख ४ हजार ४६५ रुपिया सहयोग गरेको थियो । रकम हस्तान्तरण गर्दै उपाध्यक्ष ताम्राकारले ताईवानमा बस्ने नेपालीको तर्फबाट रसुवा भोटेकोशी बाढीपिडित राहतकोषमा आर्थिक सहयोग गरेको बताए। उनले… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद समेत ग्रहण गरे । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । रासस पुरा पढौ