पोखरा, जेठ ७ कास्कीमा असार एक गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लागेको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले कास्कीका पाँचवटै पालिकामा असार एक गतेदेखि ३ महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो । ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड–२०७७ को दफा ९ बमोजिम कास्कीमा जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति गठन छ । जसको संयोजक जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेल छन् ।…
पुरा पढौ