समाज

कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, जनचेतना अभिवृद्धि गर्न र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सांसद अनुश्का श्रेष्ठले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने व्यवस्था मिलाउन माग गरिन् । सांसद अफ्साना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कडा सजायको… पुरा पढौ

अन्नपुर्णमा बिपद ब्यवस्थापनका लागि तमु धिं नेपालको सहयोग

कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुरु गरेको बिपद ब्यवस्थापन कोषमा तमु धिं नेपालले ३ लाख रुपैया सहयोग गरेको छ । अबिरल बर्षाको कारण मोदीखोलामा पटक पटक बाढिपहिरोले कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा ८,९,१० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखी नै बन्द भइ उक्त क्षेत्र अत्यन्त प्रभावित भएकाले तत्काल सडक संचालनको पहलका लागि गाँउपालिकाले बिपद ब्यवस्थापन कोष खाता मार्फत सहयोगको आव्हान गरिएकोले तमु धिं नेपालले आइतबार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो। तमु धिं नेपालले स्थापना गरेको आकस्मिक राहतकोषबाट अध्यक्ष हुमबहादुर गुरुङ,… पुरा पढौ

भोजपुरका सिडिओ अब पोखराका प्रमुख प्रशासकिय अधिकृत

पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाउने भएको छ । यसअघिका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्याल काठमाडौं महानगरपालिकामा सरुवा भएसँगै यो पद खाली रहेको थियो । करिब दुई साताको रिक्तता पछि नयाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा राजन पौडेल आउने भएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी रहेका पौडेल केही दिनभित्रै पोखरा आएर पदभार ग्रहण गर्ने स्रोतले जनाएको छ । अर्याललाई दुई साता अघि सरकारले काठमाण्डौं सरुवा गरेको थियो । पुरा पढौ

नव आदर्श ३० औं बर्षमा प्रवेश, गण्डकी गौंशालालाई सहयोग हस्तान्तरण

पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाज ३० औं बर्षमा प्रवेश गरेको छ। लामाचौरमा स्थापित समाजले स्थापना दिवसको अवसरमा सोमबार सुरथेश्वर गण्डकी गौंशालालाई सहयोग हस्तान्तरण गरेको छ । हालै संचालनमा आएको सो गौंशालालाई त्यहाँ आश्रित गाईका लागि आवश्यक चोकर,नुनलगायतका खाद्य सामग्री उपलब्ध गराएको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।गोस्तेस्थित सुरथेश्वर शिवालयमा रहेको गौंशालामा स्थानीय जातका ८ वटा गाई रहेका छन् । ४५ लाखमा निर्माण भएको सो गौंशालामा करिब एक सय स्थानीय जातका गाईलाई आश्रय दिईने मन्दिर व्यवस्थापन समितिका… पुरा पढौ

विद्यालयका लेखापाललाई लेखा प्रणाली र नयाँ करसम्बन्धी अभिमुखीकरण

पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापक, प्राचार्य तथा लेखापालको सहभागिता रहेको नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । कार्यक्रममा वरिष्ठ सीए पदम बन्धु पोखरेल, डाइनामिक टेक्नोसफ्ट प्रा.लि.का म्यानेजर दुर्गाप्रसाद अधिकारी तथा प्रतिक पौडेलले सहजीकरण गरेका थिए।… पुरा पढौ

प्रथम पिसिएम कप जुनियर राष्ट्रिय टेनिस : यु-१८ मा सन्दिप र शास्वत फाइनलमा

भदौ ७,पोखरा गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा जारि प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको पुरुषतर्फ सन्दिप विक र शास्वत बज्राचार्य उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगाशालाको टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा सन्दिपले सुरेन्द्र विकलाई ७–६, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, शास्वतले अभिषेक विकलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिममा स्थान सुरक्षित बनाए । १४ वर्ष मुनि आर्यषराज… पुरा पढौ

कलम सहकारीको रक्तदानमा १०७ यूनिट रगत संकलन

पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको छ । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना कार्यक्रम गरिएको थियो । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले कार्यक्रम संयोजक रमेशराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन् । सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरी सापकोटाको अध्यक्षता भएको कार्यक्रममा कलम सहकारीका पुर्व अध्यक्ष,सल्लाहकार तथा पोखरा… पुरा पढौ

बाटुलेचौरमा तीन दिनसम्म ऐतिहासिक तीज मेला हुने

पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौं २७ देखि २९ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक मौलिक कला, संस्कृति संरक्षण समिति, पोखरा–१६ ले जानकारी दिएको छ । तीन दिनसम्म बाटुलेचौरस्थित ऐतिहासिक खेल मैदानमा संचालन हुने मेलामा मौलिक तीज गीत प्रस्तुतिसहित पोखरा महानगरभित्रका वडाको सहभागितामा पुरुष भलिबल प्रतियोगिता, महिला दौंड, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला ठेलो हान्ने, घैंटो फुटाउने, डोरी तान्ने प्रतियोगिताका साथमा बिबिध… पुरा पढौ

गरिमा प्रकरणमा रवि किरणको खबरदारी: ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्। “फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्, “गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना… पुरा पढौ

श्रवणकुमार जेष्ठ नागरिक केन्द्रले असोजको दोस्रो साता सेवा सुरु गर्ने

जेष्ठ नागरिकहरुको सुरक्षा र सम्मानजनक सामाजिक सहभागिताका लागि पोखरामा स्थानीय व्यक्ति एवं संघ संस्था नै सक्रिय भएका छन् । स्थानीयले उनीहरुको अनुभव सामाजिक विकासमा लगाउनुको साथै सेवा भावको उद्धेश्यलाई पुरा गर्न पोखराको बाटुलेचौरस्थित कोलगैरामा श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र नै स्थापना गरेका छन् । सो केन्द्रले आगामी असोजको दोस्रो सातामा सेवा संचालन गर्ने गरी तयारी तिब्र बनाएको संस्थाले जनाएको छ । स्थानीय व्यक्ति, संघ संस्था र प्रदेश तथा महानगरको सहयोगमा भोतिक निर्माण सम्पन्न गरेको केन्द्रले आगामी असोज १४ गते… पुरा पढौ