समाज

पोखरामा दिउँसै ज्वाईंद्वारा सासुमाथि चक्कु प्रहार, सासु गम्भीर घाईते

सन्देश श्रेष्ठपोखरा, असार ३ पोखरामा ज्वाईंले सासुमाथि चक्कु प्रहार गरेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–२ स्थायी घर भएका ४३ वर्षिय ध्रुवराज अधिकारीले सासुआमा ४७ वर्षिया मुना तिवारीमाथि चक्कु प्रहार गरेका हुन् । उनले पोखरा–१७ विरौटास्थित राममन्दिर नजिक बुधबार अपराह्न ४ः११ बजे सासुमाथि अन्धधुन्ध चक्कु प्रहार गरेका थिए । ज्वाईंको चक्कु प्रहारबाट तिवारीको पेट, ढाड र छातीमा गम्भीर चोट लागेको छ । चक्कु प्रहारबाट घाईते भएकी तिवारीलाई तत्काल उद्धार गरेर स्थानिय नोभल अस्पताल पु¥याइएको थियो । उनको उपचार जारी रहेको कास्की… पुरा पढौ

ब्रह्माकुमारीज पोखराको दुई दिने युवा सशक्तिकरण कार्यक्रम सम्पन्न

ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गराउने उद्धेश्यका साथ दुई दिनसम्म संचालन भएको प्रशिक्षणमा सहभागिलाई अन्तर्राष्ट्रीय मुख्यालयका युवा प्रभाग राष्ट्रीय समन्वयक ब्रह्मकुमार जीतु भाईजी, भारतका रेडियोलोजिष्ट राजेश भाईजीले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानका विषयमा प्रशिक्षण दिएका थिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले यस्ता… पुरा पढौ

बाल क्लवको वक्तृत्वकलामा प्रनिसा लम्साल प्रथम

विन्ध्यवासिनी बाल क्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रनिसा लम्साल प्रथम भएकी छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा प्रमिसा मानन्धर द्वितीय, सोमप्रसाद थारु तृतीय र सुमि गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन् । विद्यालयमा गठित बाल क्लवले सामाजिक सञ्जालको दुरुपयोग विषयमा आयोजना गरेको कार्यक्रममा १८ जना छात्र, छात्राले सहभागिता जनाएको सामाजिक विषय विभागका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।विजयी विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य शिवराज देवकोटा,रोहन थापा, विमला अधिकारी र सम्झना थापाले… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु

पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (२३ जुन २०२६)को अवसर पारेर प्रदेश खेलकुद परिषद् गण्डकीमा मंगलबार एक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङले गरेका हुन् ।कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा एकेडेमीका अध्यक्ष गुरुङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई समाज रुपान्तरणको महत्वपूर्ण… पुरा पढौ

क्षत्री समाज यूएईको अध्यक्षमा ढकाल

यूएई । प्रवासमा रहेका नेपाली समुदायबीच सामाजिक एकता र संगठन विस्तारलाई लक्ष्य बनाउँदै क्षत्री समाज नेपाल–यूएईको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णबहादुर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।समाजले करिब ६ महिनाअघि तदर्थ समिति गठन गरेर यूएईका विभिन्न राज्यमा संगठन विस्तार अभियान अघि बढाएको थियो। सोही अभियानको निरन्तरतास्वरूप सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा देवीलाल रावल, दीपक राउत र सुदीप कार्की चयन भएका छन्। महिला उपाध्यक्षमा हिरा केसी, सचिवमा भीम केसी, सहसचिवमा रमेश खड्का,… पुरा पढौ

पश्चिमाञ्चल स्वास्थ्य सहकारीको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम, ७२ युनिट रगत सङ्कलन

पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको २४औँ स्थापना दिवसको शुभ अवसरमा पृथ्वीचोकस्थित पुरानो ट्राफिक कार्यालय अगाडि आयोजित खुला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, कास्की अन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेयले गर्नुभएको थियो भने आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिशचन्द्र शर्मा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ९२ पटक रक्तदान गरिसक्नुभएका अग्रणी रक्तदाता जितेन्द्रमान साक्य, आकस्मिक रक्तदान युनिटका संयोजक नेत्र ढकाल,… पुरा पढौ

पर्वत सेवा समाज अमेरिकामा पुर्णको नेतृत्व

पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको नेतृत्व पुर्ण श्रेष्ठले गरेका छन् । न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रीन परिसरमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन भएको त्यहाँबाट सुवास शर्मा लामिछानेले जानकारी दिए। सदस्यहरूमा युवक श्रेष्ठ, सुदिन कुमार परियार, एम। प्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री छन्।समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलको अध्यक्षतामा… पुरा पढौ

गण्डकीको बजेट : फेवातालमा सेल्फी ब्रिज, रुपातालमा शिसाको पुल

गण्डकी प्रदेश सरकारले पर्यटन केन्द्रीत बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा पर्यटनको प्रमुख गन्तव्यहरु फेवाताल र रुपातालमा सेल्फी ब्रिज र शिसाको पुल बनाउन बजेट विनियोजन गरिएको छ । मन्त्री शेरचनले फेवातालमा फेवा होराइजन पेडेष्ट्रियन ब्रिज (सेल्फी ब्रिज) निर्माणका लागि र रुपातालमा शिसाको ब्रिज निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको बताए । तर त्यसका लागि निश्चित बजेट भने तोकिएको छैन । पुरा पढौ

राउण्ड फेवा : भ्यू फेवालाई पूर्णता दिईने

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको छ । उद्योग तथा पर्यटनका लागि २ करोड बजेट विनियोजन गरेको गण्डकीले राउण्ड फेवा ः भ्यू फेवा कार्यक्रमलाई निरन्तरता दिएको छ । जस अन्तर्गत क्लोज सर्किटका लागि बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा उल्लेख छ । पुरा पढौ

गण्डकीको बजेट : कृषि र पर्यटन केन्द्रीत, पूर्वाधार निर्माणमा प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ… पुरा पढौ