समाज

खेल पर्यटन प्रवद्र्धनका लागि छुट्टियो केवल ६६ लाख बजेट

पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले शुक्रबार ल्याएको बजेटमा खेल पर्यटनका लागि सो बजेट विनियोजन गरेको उपमेयर मञ्जुदेवी गुरुङले बताईन् । यस अन्तर्गत राष्ट्रिय अन्र्तराष्ट्रिय ड्रागन बोट रेस, डुंगा दौड, क्रस कन्ट्री ट्रायथलन तथा प्याराग्लाईडिङ प्रतियोगिता, क्रिकेट, टेनिस, व्याडमिन्टन, फुटबल, ह्याण्डबल तथा ईन्डुरो रेस, साइकल टुर, रेस्लिङ, हवाई खेलकुद, प्रकृति पदयात्रा र हाइकिङ कार्यक्रम सञ्चालन गरिने गुरुङले उल्लेख गरिन् । यति धेरै कार्यक्रम गर्न छुट्टिएको ६६ लाख बजेट… पुरा पढौ

पशु बधशाला एवम् मासु प्रशोधन केन्द्र सञ्चालनको सम्भाव्यता अध्ययन गरिने

पोखरा, असार ५ पोखरा महानगरपालिकाले पशु बधशाला एवम् मासु प्रशोधन केन्द्र निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसअघि मानबहादुर जिसीको पालामा नै बजेट छुट्टिएर गण्डकी प्रदेश सरकारकोसमेत सहकार्यमा पशु बधशाला निर्माण गर्ने प्रयास भएको थियो । त्यसबेला पशु बधशाला निर्माण गर्ने ठाउँ नपाएर सो योजना अलपत्र परेको थियो । सोहि अवधारणलार्य पोखरा महानगरले पुनः योजनाका रुपमा राखेर बजेट विनियोजन गरेको छ । जसका लागि सम्भाव्यता अध्ययन गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् । पुरा पढौ

पोखरा महानगरले छुट्यायो खेलकुदका लागि केवल १ करोड बजेट

पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेलकुदका लागि अत्यन्त न्यून बजेट विनियोजन गरेको छ । महानगरले शुक्रबार १९ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि केवल ०.१४ प्रतिशत मात्रै बजेट विनियोजन गरेको हो । महानगरले समग्र खेल क्षेत्रका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जुदेवी गुरुङले नगर क्षेत्रमा आयोजना हुने नगरस्तरीय, राष्ट्रिय, अन्र्तराष्ट्रि खेलकुद गतिविधिहरुमा साझेदारी गर्दै समग्र खेलकुदको विकासका लागि १ करोड विनियोजन गरेको बताईन् । बजेटमा विद्यालय तहदेखि विभिन्न विधामा उत्कृष्ट खेलाडी… पुरा पढौ

सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न १ करोड २० लाख विनियोजन

पोखरा, असार ५ पोखरा महानगरपालिकाले सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न १ करोड २० लाख विनियोजना गरेको छ । पोखरा महानगरपालिकाको १९ औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न सो रकम विनियोजन गरेको उल्लेख छ । सो बजेट अस्पतालको हालै स्वीकृत संगठन तथा व्यवस्थापन सभेक्षण वमोजिमका सेवा तथा जनशक्ति थप गरी गुणस्तरीय र विशेषज्ञ सेवा उपलब्ध गराउन खर्च गरिने उपमेयर गुरुङले बताईन् । पुरा पढौ

पोखरा महानगरको बजेट : फिर्केखोला करिडोरसहित सार्वजनिक जग्गा संरक्षणका लागि १० करोड विनियोजन

पोखरा, असार ५ पोखरा महानगरपालिकाले फिर्केखोला करिडोर, पोखरा बसपार्कलगायतका पोखरा महानगरपालिका भित्रका सार्वजनिक, ऐलानी, पर्ती जग्गा संरक्षण गर्ने जनाएको छ । पोखरा महानगरपालिकाको १९ औं नगर सभामा नगर उपप्रमुख मञ्जुदेवी गुरुङले सो जग्गाहरु संरक्षण तथा व्यवस्थापन गर्ने बताएकी हुन् । जसका लागि १० करोड रुपैया विनियोजन गरिएको उपप्रमुख गुरुङले बताईन् । हाल फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा अतिक्रमित संरचना हटाउने कार्य भइरहेको छ । फिर्केखोला करिडोर क्षेत्रका सबै संरचना भत्काएर छाडिएको छ भने पोखरा बसपार्कका केहि घर, टहरा भत्काइए पनि केहि… पुरा पढौ

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख

सन्देश श्रेष्ठपोखरा, असार ५ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १९ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब १९ करोड ८७ लाखले कम हो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ःल्याएको थियो । महानगरले आर्थिक वर्ष २०८३÷८४… पुरा पढौ

खानेपानी माग्दै लेकसाईडका होटलकर्मी खानेपानी संस्थानमा

पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले झण्डै पाँच अर्ब रुपैयाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए… पुरा पढौ

सहारा आधारभुत विद्यालयको अध्यक्षमा मन बहादुर

पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयको व्यवस्थापन समितको अध्यक्षमा मनबहादुर तामाङ चुनिएका छन् । बिहीबार भएको अभिभावकको भेलाले शिक्षा नियमावली २०८३ अन्र्तगत केही नेपाल संशोधन ऐनले व्यवस्था गरे बमोजिम अभिभावकहरु मध्यवाट तामाङलाई अध्यक्ष चयन गरिएको विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर कार्कीले जानकारी दिए ।चयन भएका अन्य सदस्यमा जुना परियार, समसेर नेपाली र पवित्रा दमै छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीको संयोजकत्वमा भएको भेलामा , वडा नं ९ का जनप्रतिनिधी नन्दराम गिरी, प्रधानाध्यापक रुद्र बहादुर… पुरा पढौ

वीपी स्मृति दिवसमा, कास्कीमा विविध कार्यक्रम गरिने

नेपाली काँग्रेस कास्कीले ४४ औं वीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । साउन ४, ५ र ६ गते विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्वन्धित कार्यक्रम गरिने भएको छ । वक्तृत्वकला प्रतियोगिताका लागि युवराज कुँवर संयोजक र सदस्य भानु ढकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ । नीति निर्माण सम्वन्धि कार्यक्रमका लागि माईकल कर्माचार्य संयोजक र सदस्य बाबुराम गिरी,… पुरा पढौ

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो । पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनले भने, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो… पुरा पढौ