समाज

बीमा भुक्तानीलाई सरलीकृत बनाउन कास्की समन्वयका प्रमुख पौडेलको सुझाव

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आम नागरिकका बिच बीमा सम्वन्धि सचेतना पुर्याउनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिसंग बीमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गर्दै उनले बीमा सचेतनाका लागि सबै सेवा प्रदायक संस्थाहरू कटिबद्धताका साथ लाग्नु पर्ने बताए । बीमा दाबी ,भुक्तानीमा जटिलता देखिएको आम सर्बसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै प्रमुख पौडेलले सो प्रक्रिया सरलिकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र बीमाको नियामक निकाय बीमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने र सेवा प्रबाह थप प्रभाबकारी… पुरा पढौ

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : उपाध्यक्ष भण्डारी

सन्देश श्रेष्ठपोखरा, बैशाख १४ राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच आज भेटवार्ता भएको छ । उपाध्यक्ष भण्डारी र प्रदेश प्रमुख भट्टबीच सोमबार पोखरामा भेटवार्ता भएको हो । प्रदेश प्रमुखको कार्यालय पोखरामा भएको भेटवार्तामा राष्ट्रिय सभाका उपाध्यक्ष भण्डारीले संघीयताको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशको कामकारवाहीबारे चासो राखेकी थिईन् । मुलुकमा प्राप्त उपलब्धी संस्थागत गर्ने आधार प्रदेश भएको र यसको सफलता नै संघीयता र लोकतान्त्रिक गणतन्त्रको सफलताको मापन भएको बताईन् । उपाध्यक्ष भण्डारीलाई उदृत गर्दै प्रदेश प्रमुखको… पुरा पढौ

मुस्ताङमा यार्सा सङ्कलन सुरु,८७ जनालाई अनुमति

मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो । यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा सङ्कलन हुन्छ । यार्सा सङ्कलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु लेक पुग्छन्… पुरा पढौ

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए । “बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिदाँसम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल… पुरा पढौ

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ । करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको उनले जानकारी दिए । “करिब रु २९ करोड लागतमा सञ्चालन हुने यस योजनाअन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपाङ्ग्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,” उनले भने, “दक्षिण–पूर्व भागमा… पुरा पढौ

पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको साधारण सभा सम्पन्न

पोखरा, बैशाख १३ गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले २०८३ साललाई खेलाडी उत्पादनको वर्ष बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको आईतबार आयोजित दोस्रो साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश खेलाडी उत्पादनमा कमजोर बनेकाले यस वर्षलाई खेलाडी उत्पादनको वर्ष बनाउनुपर्ने उनको भनाई थियो । प्रदेश तेक्वान्दो संघ मातहतका जिल्ला र महानगर समितिलाई सघाउन तयार छ,उनले भने,‘तपाईंहरु जिल्ला र महानगरबीच समन्वय गरेर खेलाडी उत्पादनमा लाग्नूस् ।’ उनले समितिहरुलाई विधानको अक्षरशः पालना गरेर काम गर्न आग्रह… पुरा पढौ

कार्वन उत्सर्जन घटाउँदै दीगो पर्यटन विकास गर्न पोखरा पर्यटन परिषद र चीनको सांक्षी एशोसियसनबीच सम्झौता

सन्देश श्रेष्ठपोखरा, बैशाख १३ कार्वन उत्सर्जन घटाउँदै दीगो पर्यटन विकास गर्नका लागि पोखरा पर्यटन परिषद र चीनको सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघबीच सम्झौता भएको छ । जलवायु परिवर्तनले निम्त्याउने दुस्परिणामसँग जुध्नका लागि कार्वन उत्सर्जन कम गर्न यी दुई संस्थाले मिलेर काम गर्नका लागि आईतबार सम्झौता गरेका हुन् । सम्झौता पत्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी र चिनियाँ संस्था सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघको तर्फबाट वु चाओले हस्ताक्षरण गरे । सो अवसरमा दुई पक्षबीच सम्झौता पत्र आदानप्रदान भएको… पुरा पढौ

मूल्यवृद्धिले निर्माण क्षेत्रमा सुनामी आएको निर्माण व्यवसायीको गुनासो, निर्माणाधीन आयोजनाको मूल्य समायोजन गर्न माग

सन्देश श्रेष्ठपोखरा, बैशाख १३ गण्डकीका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माण क्षेत्रमा सुनामी आएको बताएका छन् । निर्माण व्यवसायीहरुको छाता संस्था गण्डकी प्रदेश निर्माण व्यवसायी संघले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माण उद्योगमा सुनामी आएको बताएका हुन् । मध्यपूर्वमा जारी युद्दका कारण डिजेल, पेट्रोललगायतमा भएको मूल्य बृद्धिले निर्माण सामग्रीको ढुवानीको लागत ह्वात्तै बढेको तथा निर्माण सामग्री उद्योगहरुले अप्रत्याशित रुपमा निर्माण सामग्रीमा मूल्य बृद्धि गर्दा त्यसको असर निर्माण उद्योगमा परेको उनीहरुको… पुरा पढौ

पोखरा हङकङ बजारमा अचाक्ली भाडा वृद्धि गरेको व्यवसायीको गुनासो

सन्देश श्रेष्ठपोखरा, बैशाख १३ पोखराको पृथ्वीचोकस्थित हङकङ बजारका सटरहरुको भाडा अचाक्ली वृद्धि गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सो बजारका व्यवसायीहरुको साझा संस्था पोखरा हङकङ बजार व्यवस्थापन समितिले आईतबार पत्रकार सम्मेलन गरेर हालको भाडामा ५ देखि १२ गुणासम्म सटर भाडा बृद्धि हुनेगरी टेण्डर आह्वान हुँदा व्यवसायी व्यवसायबाटै पलायनको अवस्थामा पुगेको जानकारी गराएको हो । यो पोखरा हङकङ बजार पोखरा उपत्यका नगर विकास समितिको ३ रोपनीसहित कुल १० रोपनी जग्गामा सञ्चालित बजार हो । यो बजार सस्तो बजारका रुपमा परिचित छ… पुरा पढौ

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती,मनोहरा खोला किनारमा भने अवरोधको प्रयास

काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौँ महानगरपालिका— ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका हुन् । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार थापाथली… पुरा पढौ