समाज

पक्राउ परे निकोलस भुसाल

हिंसा भड्काउने अभिव्यक्ति दिएका डा निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई मंगलबार गोरखाबाट प्रहरीले पक्राउ गरेको हो । भुसाललाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा पक्राउ गरेको हो । उनलाई गोरखाबाट काठमाडौँ लैजाने तयारी गरेको छ । यसअघि भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका बेला समातिएका हुन् । भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन… पुरा पढौ

करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान… पुरा पढौ

हैसियत जोगाउन पदाधिकारीलाई कांग्रेस नेता देवराज चालिसेको सुझाव

नेपाली कांग्रेसका नेता देवराज चालिसेले नियमित महाधिवेशनको मिति घोषणा नगरिए विशेष महाधिवेशन हुने बताएका छन् । विशेष महाधिवेशनका निम्ति हस्ताक्षर अभियानका अभियन्ता समेत रहेका उनले विशेष महाधिवेशनले पार्टीलाई थप मजबुत बनाउने बताउँदै, केन्द्रिय समितिले नगरे आफुहरुले मिति घोषणा गर्ने बताएका हुन् । काठमाडौंको थापागाउँमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको भेलामा बोल्दै नेता चालिसेले हरेकपटक कांग्रेसले जनताको भावनाको प्रतिनिधित्व गरेको बताए । तर, पहिलोपटक कांग्रेसले जनताको असन्तुष्टिको सामना गर्नुपरेको उनले उल्लेख गरे । चालिसेले ००७ देखि हालसम्म आफूहरू हमेसा विरोध, विद्रोह… पुरा पढौ

पोखरामा आरोग्य पर्यटन : अवसर र चुनौति……

सन्देश श्रेष्ठपोखरा, कात्तिक १८ पोखरामा आरोग्य पर्यटनको खोजी गर्न शुरु भएको छ । पर्यटनको राजधानी पोखरालाई बहु पर्यटनको हब बनाउने उद्देश्यले स्वास्थ्य विज्ञान तथा आरोग्ययताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा पोखरामा चिकित्सकीय तथा आरोग्य पर्यटन सम्बन्धी छलफल भएको हो । छलफलमा सरोकारवालाहरुले पोखरा चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बन्न सक्ने सम्भावनाको खोजी गरेका थिए । प्राकृतिक हिसाबले धनी पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सके दीगो पर्यटनमा टेवा पुग्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै पोखरा… पुरा पढौ

गोरखाको पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए । आरोहीको शव हेलिकोप्टर मार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर… पुरा पढौ

पोखरा-बागलुङ सडकमा यात्रा गर्न सकस

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्बर केसीले बताए । “सहज र निर्बाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँ ठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्”, उनले भने, “सवारीसाधनको बढी चाप हुने मुख्य… पुरा पढौ

एभरेस्ट एफएमको बृहद रक्तदान कार्यक्रम मंसिर ६ गते हुने

पोखरा, कात्तिक १८ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा मंसिर पहिलो हप्ता रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आगामी मंसिर ६ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो । मिडिया हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसको निरन्तरता स्वरुप मिडिया हाउसले यस वर्ष मंसिर ६ गते शनिबार पोखरा–५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा रक्तदान कार्यक्रम… पुरा पढौ

चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न

पोेखराको नारायणस्थानमा संचालित चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न भएको छ । श्री हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा हरिशयनी एकादशीदेखि संचालन भएको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्ध महायोग ध्यान साधना कार्यक्रममा आध्यात्मिक साधना एवं रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बनेका थिए। उक्त महोत्सवमा भगवानलाई ५६ भोग लगाइएको थियो भने अन्नको पर्वत निर्माण गरी पूजा पश्चात प्रसादको रुपमा बाँडिएको थियो । यस व्रत अनुष्ठानले भक्तजनहरूमा आध्यात्मिक चेतना, भक्ति भावना र सदाचारप्रति निष्ठा जागरण गराएको आयोजक समितिले… पुरा पढौ

प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नु

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिएकी हुन्।वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ ।“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा… पुरा पढौ

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ: एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे ।महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे । उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप समेत लगाए । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले… पुरा पढौ