नेपाली कांग्रेसको संस्थापन समूहको भेला काठमाण्डौंमा जारी छ। काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी संस्थापन समूहका केन्द्रीय समितिको भेलामा कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले महाधिबेशनका विषयमा छलफल गरिरहेका छन् ।उक्त समूहले पार्टीको १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ। भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा…
पुरा पढौ