पोखरा, ३ असोज । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्वो नेपाल सस्थाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसका विरुद्ध अग्रप्रक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षीत तवरले काम गर्न सहयोग पु¥याउने उद्देश्यले नेलम्वोले शनिवार एक कार्यक्रमका वीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै सामाजिक दुरी कायम गर्दै माक्स र सेनिटाईजरको प्रयोगले कोरोना भाईरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे…
पुरा पढौ